शुक्रबार, असोज ४ गते २०८१    
images
images

सचिवहरूको सरुवा, को कहाँ?

images
सोमबार, मंसिर १३ २०७८
images
images
सचिवहरूको सरुवा, को कहाँ?

सचिव सूर्यप्रसाद गौतमलाई निर्वाचन आयोगमा सुरुवा गरिएको छ। हाल उनी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छन्। 

images
images

काठमाडौं- सरकारले सचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। 

images
images
images

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रहेका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा मन्त्रालय, एकनारायण अर्याललाई संघीय मामलाबाट श्रम मन्त्रालय सरुवा गरिएको छ। 

प्रधानमन्त्री कार्यालयमा हरेका महेश्वर न्यौपानेलाई पर्यटनमा, शिक्षामा रहेका रामप्रसाद थपलियालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै सचिव सुरेश अधिकारीलाई निर्वाचनबाट सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हो। 

सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई जगेडामा सरुवा गरिएको छ। ऊर्जा आयोगका सचिव मनीलाल गेलाललाई सहरी विकास लिइएको छ। 

images

वित्त आयोगका सचिव गोकर्णमणी दुवाडीलाई निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयका सचिव भरतमणी सुवेदीलाई वित्त आयोग पठाइएको छ। 

 

 


प्रकाशित : सोमबार, मंसिर १३ २०७८११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend