शुक्रबार, असोज ४ गते २०८१    
images
images

रोकिएन ऋण बढ्ने निक्षेप घट्ने क्रम 

images
सोमबार, मंसिर १३ २०७८
images
images
रोकिएन ऋण बढ्ने निक्षेप घट्ने क्रम 

ऋण परिचालन भने  एकपटकमात्र स्थिर रहेको छ। असोज मसान्त यता निक्षेप घट्दै जाने र निक्षेप बढ्ने क्रम रहेको छ। 

images
images

काठमाडौं- बैंकिङ प्रणालीमा निक्षेप घट्ने र ऋण परिचालन बढ्ने क्रम जारी रहेको छ। 

images
images
images

वाणिज्य बैंकहरुमा पछिल्लो साता पनि निक्षेप घट्ने र ऋण बढ्ने क्रम दोहोरिएको छ। नेपाल बैंकर एसोसिएसनको तथ्यांक अनुसार मंसिर  ३ गतेदेखि १० गतेसम्मको तथ्यांक अनुसार ऋण १४ अर्ब थपिएको छ भने निक्षेप ६ अर्बले घटेको छ। 

मंसिर तीन गतेसम्म ४२ खर्ब २६ अर्ब निक्षेप रहेको बैंकिङ प्रणालीमा मंसिर १० गते आइपुग्दा ४२ खर्ब १९ अर्बमा सीमित भएको छ। ऋण परिचालन भने पछिल्लो साताको तुलनामा १४ अर्बले वृद्धि भएको छ। मंसिर ३ गते ४० खर्ब ४१ अर्ब ऋण परिचालन भएको थियो भने मंसिर १० गते आइपुग्दा ४० खर्ब ५५ अर्ब पुगेको छ। 

images

असोज मसान्तदेखि यता एकपटकमात्र निक्षेप संकलनमा वृद्धि भएको छ। तर ऋण परिचालन भने  एकपटकमात्र स्थिर रहेको छ। असोज मसान्त यता निक्षेप घट्दै जाने र निक्षेप बढ्ने क्रम रहेको छ। 


प्रकाशित : सोमबार, मंसिर १३ २०७८११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend