शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

यी हुन् १० प्रतिशत सेयर मूल्य बढ्ने ११ कम्पनी, कुनको कति?

बुधबार, पुस ४ २०८०
यी हुन् १० प्रतिशत सेयर मूल्य बढ्ने ११ कम्पनी, कुनको कति?

काठमाडौं- सेयर बजारमा लगातार हरियाली हुने क्रम जारी छ। बुधबार पनि बजार ३५.३९ अंकले बढेको छ जसमा ११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। 

बोटलर्स नेपालको लगातार सर्किट लागेकोमा बुधबार पनि १० प्रतिशतले बढेर सेयर मूल्य ५ हजार २ सय ५८ रुपैयाँ पुगेको छ। कम्पनीको बुधबार ४७८ रुपैयाँले सेयर मूल्य बढेको हो। 

त्यस्तै हिमालयन डिष्ट्रीलरीको पनि १० प्रतिशतले सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। कम्पनीको प्रतिकित्ता १७८ रुपैयाँले बढेर १ हजार ९ सय ५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

फरवार्ड माइक्रो फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार २ सय १० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै एनआरएन पूर्वाधार तथा विकास कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर ४१६ रुपैयाँ कायम भएको छ। 

त्यस्तै लिवर्टी इनर्जी कम्पनीको पनि १० प्रतिशतले सेयर मुल्य बढेर १९४ रुपैयाँमा कारोबार भएको छ। युनाइटेड मोर्दीको पनि सेयर मूल्य पनि १० प्रतिशतले बढेर ३३.६० रुपैयाँ बढेर ३६९.७० रुपेयाँमा कारोबार भएको छ। 

बलेफी हाईड्रो हाइड्रो पावर, बिपीडव्लु लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतले बढेर १३९२ रुपैयाँमा कारोबार भएको छ। नेपाल रिपव्लिक मिडिया, थ्रि स्टार हाइड्रोपावर हाथे इन्भेष्टमेन्ट कम्पनीको पनि सेयर मूल्य १० प्रतिशतले बढेको छ।

101.JPG

 

 


प्रकाशित : बुधबार, पुस ४ २०८०१५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend