शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नयाँ स्टक लाइसेन्स : अर्थमन्त्रीले फिर्ता पठाएपछि मन्त्रिपरिषद्‍लाई पत्र लेख्दै धितोपत्र बोर्ड

images
बुधबार, पुस ४ २०८०
images
नयाँ स्टक लाइसेन्स : अर्थमन्त्रीले फिर्ता पठाएपछि मन्त्रिपरिषद्‍लाई पत्र लेख्दै धितोपत्र बोर्ड
images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषदमा पत्र पठाउने निर्णय गरेको छ।

images
images
images

यसअघि बोर्डले अर्थ मन्त्रालयलाई पत्र पढाएको थियो। अर्थ मन्त्रालयले मन्त्रिपरिषद्‍मा विषय लगि प्रक्रिया अगाडि बढाउन नमानेपछि धितोपत्र बोर्डले मन्त्रिपरिषद्‍लाई बोधार्थ लेखी अर्को पत्र पठाउने निर्णय गरेको हो। 

images
images

नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रियामा अर्थ मन्त्रालयबाट नभइ मन्त्रिपरिषद निर्णयबाट स्थगित गरिएकाले जहाँबाट स्थगित भएको हो त्यहीँबाट प्रक्रिया अगाडि बढाउन भन्दै बोर्ड अध्यक्ष हमाललाई अर्थमन्त्री डा. महतले भनेपछि हमालले सिधै मन्त्रिपरिषद्‍मा बोधार्थ पठाउन लागेका हुन्। 

images
images

अर्थ मन्त्रालयलाई पठाएको पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बोधार्थ गर्न छुटेकाले पुन: अर्को पत्र पठाउने निर्णय भएको धितोपत्र बोर्डका एक सञ्चालक बताउँछन्। 

'यसअघि अर्थ मन्त्रालयमा पठाएको पत्रमा मन्त्रिपरिषद्‍लाई बोधार्थ गर्न छुटेको रहेछ। आज बसेको बोर्ड बैठकले मन्त्रिपरिषदलाई बोधार्थ गर्दै यसअघि मन्त्रिपरिषद् र अर्थसमितिले रोकेको नयाँ स्टक एक्सचेन्ज प्रक्रिया अगाडि बढाउने सम्बन्धमा पत्र पठाउने निर्णय गरेको हो', उनले भने।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदबाट निर्णय गर्दै नयाँ स्टक एक्सचेन्ज सञ्चालनसम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्णय गरेका थिए। गत बैशाख २९ गते प्रधानमन्त्री दाहालले प्रक्रिया अगाडि नबढाउन भनेपछि प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले थप अध्ययन आवश्यक रहेको भन्दै प्रक्रिया अगाडि नबढाउन भनेको थियो। 

तर तिहारअगाडि अर्थसमितिले नयाँ स्टक एक्सचेन्ज प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको थियो। सर्वोच्च अदातलको निर्णयसँग बाझिने गरी अर्थसमितिले अर्को निर्णय गर्न नमिल्ने भन्दै नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन भनेको थियो। अर्थसमितिको उक्त निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णीम वाग्लले फरक मत राखेका थिए। 


प्रकाशित : बुधबार, पुस ४ २०८०१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend