बिहीबार , वैशाख २० गते २०८१    
images
images

विमानस्थलमा सञ्चालित भाडाका पसल व्यवस्थित गर्न अध्ययन समितिको दर्जन सुझाव

विमानस्थल सेवा शुल्क नियमावली २०७८ संशोधन गर्नुपर्ने निष्कर्ष

images
images
images
विमानस्थलमा सञ्चालित भाडाका पसल व्यवस्थित गर्न अध्ययन समितिको दर्जन सुझाव
images
images

काठमाडौैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसलहरू सञ्चालनको लागि अध्ययन समितिले दर्जन सुझाव दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा गठित समितिले महानिर्देशक प्रदीप अधिकारीसमक्ष प्रतिवेदन पेश गरेको हो।

images
images
images

प्राधिकरणअन्तर्गत रहेका विमानस्थलहरूमा भाडामा सञ्चालित पसलमा कबलबाट बिक्री हुने वस्तु तथा सेवाको मूल्यका सम्बन्धमा गुनासो आएपछि सो विषयमा विस्तृत अध्ययन गर्न गठित समितिले अध्ययन प्रतिवेदन महानिर्देशक अधिकारीलाई मंगलबार बुझाएको हो। 

images

प्रतिवेदनमा विमानस्थलका पसलहरूमा बजार मूल्यमा वस्तुहरू बिक्री हुन नसक्ने अवस्था देखिएकोमा नेपालका अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा पनि बजारकै मूल्यअनुसार बिक्री गर्न भनी व्यवसायीलाई बाध्य गराउन नसकिने अवस्था देखिएकोसमेत प्रतिवेदनले निष्कर्ष निकालेको छ। 

images

विमानस्थलमा आम उपभोक्ताहरूले उपभोग गर्ने आधारभूत आवश्यकताका वस्तुहरू जस्तै बोटल वाटर, बिस्कुट, चाउचाउ आदि प्याकेजिङ भएका खाद्य तथा पेय वस्तुलाई सबै व्यक्ति, फर्म, कम्पनीले अधिकतम खुद्रा बिक्री मूल्यमा नै बिक्री गर्न सम्बन्धित कार्यालयले निर्देशन दिनुपर्नेसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ। 

images
images

प्रचलित कानूनमा भएको व्यवस्था अध्ययन गर्दा कुनै माल वस्तु तथा सेवाको मोल निर्धारण गरि बिक्री गर्नु परेमा सम्बन्धित व्यवसायीले माल, वस्तु तथा सेवाको थोक मूल्यमा विद्युत महसुल, बहालको ठेक्का रकम, संरचना निर्माण लगायतको लागतका विषयमा समेत हेर्नुपर्ने देखिएको जनाइएको छ।

त्यस्तै साजसजावट गर्दा लाग्ने रकम, तालिम प्राप्त कर्मचारीलगायत अन्य कर्मचारीउपर गरिने खर्च र सेवासमेत प्रयोग हुने वस्तुहरूको हकमा सो समेतलाई लागत मानि सोवापत लाग्ने कुल खर्चमा कानूनबमोजिम लिन पाउने अधिकतम नाफामा नबढ्ने गरी माल, वस्तु तथा सेवा बिक्री पाउनेगरी काम गर्नसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ। 

प्राधिकरण तथा मातहतका कार्यालयसँग ठेक्का सम्झौता गरेका व्यक्ति, फर्म, कम्पनीलाई सोहिअनुसारको मूल्यसूची सार्वजनिक गरी बिक्री वितरण गर्न सम्बन्धित कार्यालयले निर्देशन दिनुपर्ने समेत देखिएको छ।  

यससम्बन्धी कानूनी व्यवस्थाको निमित्त नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा आवश्यक संशोधन गर्नुपर्ने निष्कर्षसमेत समितिले निकालेको छ।

वस्तुको मूल्य निर्धारण गर्दा अस्वभाविक तवरबाट मूल्य कायम नगर्ने/नगराउने तथा प्रत्येक पसल कबलहरूमा उपभोक्ताले स्पष्ट रुपमा बुझ्ने तथा देखे गरी बिक्री गरिने वस्तु तथा सेवाबापत उपभोक्ताले तिर्नपर्ने मूल्यको सूची राख्न सम्बन्धित कार्यालयले निर्देशन दिनुपर्ने समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। 

रेष्टुरेन्ट, बिजनेस लाउन्ज र एक्ज्यूक्यूटिभ लाउन्जहरूले बिक्री गर्ने माल, वस्तु तथा सेवाको मूल् स्तरका होटल तथा रेष्टुरेन्टहरूले लिने बजार मूल्यभन्दा बढी नलिने गरी मूल्य निर्धारण गर्न कार्यालयले निर्देशन दिनुपर्ने प्रतिदेनमा उल्लेख गरिएको छ।

प्रतिवेदनमा मालवस्तु बिक्री गर्ने व्यक्ति, फर्म, कम्पनिले बिक्री गरिने सामानहरूको गुणस्तर कायम गरी बिक्री गर्नुपर्नेसमेत उल्लेख गरिएको छ।

विमानस्थलमा व्यवसायिक गतिविधिको लागि उपलब्ध स्थानमध्ये कुन/कुन स्थानमा कुन/कुन व्यवसायिक पसल सञ्चालन गर्ने गराउने भन्ने बारेमा कार्यालयबाट अध्ययन विश्लेषण गरी ठेक्का गर्ने गरी काम गर्नसमेत प्रतिवेदनमा सुझाव दिइएको छ।

कार्यालयबाट दिइएको निर्देशन तथा सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा कार्यालयबाटै नियमन अनुगमन गरी आवश्यक निर्देशन दिने व्यवस्था गर्नसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ।

images

प्रकाशित : मंगलबार, पुस ३ २०८००६:३८

प्रतिक्रिया दिनुहोस