शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

इतिहासमै पहिलोपटक बोनस सेयर दिने घोषणाले शिवम् सिमेन्टको सेयर खरिदमा झुम्मिए लगानीकर्ता

मंगलबार, पुस ३ २०८०
इतिहासमै पहिलोपटक बोनस सेयर दिने घोषणाले शिवम् सिमेन्टको सेयर खरिदमा झुम्मिए लगानीकर्ता

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६२ करोड ७० लाख रुपैयाँ थपिनेछ। हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ।

काठमाडौं- शिवम् सिमेन्टले सेयरधनीलाई पहिलोपटक बोनस सेयर दिने घोषणा गरेसँगै यसको सेयर खरिदमा लगानीकर्ता झुम्मिएका छन्। जसकारण सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै कारोबार हुने सूचीमा समेत शिवम् परेको छ।

कम्पनीले गतवर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो। मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४ रुपैयाँले बढेर ५९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

shivam 1234.JPG

सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो। मंगलबार कारोबार सुरु भएदेखि नै लगानीकर्ता शिवमको सेयर खरिदमा झुम्मिएका थिए। कम्पनीको मंगलबार ३७ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच हुँदा ६ लाख ४८ हजार कित्ता खरिदबिक्री भएको छ।

कम्पनीले सेयरधनीलाई पहिलोपटक बोनस सेयर दिन लागेको हो। यसअघि प्रत्येक वर्ष नगद लाभांश दिँदै आएको कम्पनीले पुँजी वृद्धिका लागि बोनस सेयर दिने निर्णय गरेको हो।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६२ करोड ७० लाख रुपैयाँ थपिनेछ। हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्ने प्रयोजनका लागि पुस २७ गते ८औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ। यस्तै पुस १९ गते बुक क्लोजको मिति तोकिएको छ।

कुन वर्ष कति ?

shivzam devi.JPG


प्रकाशित : मंगलबार, पुस ३ २०८०१५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend