शुक्रबार, असोज ४ गते २०८१    
images
images

इच्छाराज तामाङविरुद्ध जाहेरी दिनेको संख्या बढ्दै, थप अनुसन्धान गरिने

images
सोमबार, मंसिर १३ २०७८
images
images
इच्छाराज तामाङविरुद्ध जाहेरी दिनेको संख्या बढ्दै, थप अनुसन्धान गरिने

थप जाहेरी आएको र जाहेरी दिनेको संख्या अझ बढ्न सक्ने देखिएकाले थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ। 

images
images

काठमाडौं- संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध १ हजार ४ सय ९९ जनाले किटानी जाहेरी दिएका छन्। 

images
images
images

तामाङलाई गत असोज १८ गते प्रहरीले रकम हिनामिना गरी ठगी गरेको भन्दै पक्राउ गरेयता ठगीमा परेकालाई उजुरीका लागि आउन आह्वान गरेको थियो। त्यसयता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेर तामाङबाट ठगिएको भन्दै जाेहरी दिनेको संख्या बढीरहेको छ। 

सीआईबीले अनुसन्धान पूरा गरेर सरकारी वकिलको कार्यालयमा गएको बिहीबार नै प्रतिवेदन बुझाइसकेको छ। प्रहरीले बिहीबार बुझाएको प्रतिवेदनमा ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड जरिवाना माग गर्नुपर्ने सुझाव दिइएको छ। प्रतिवेदन बुझाइसकेपछि पनि थप केहीको जाहेरी आउँदा उनीविरुद्ध उजुरी दिनेको संख्या १ हजार ४ सय ९९ पुगेको हो।

अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेद बुझाइसके पनि थप जाहेरी आएको र जाहेरी दिनेको संख्या अझ बढ्न सक्ने देखिएकाले थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ। 

images


प्रकाशित : सोमबार, मंसिर १३ २०७८०८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend