शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

शिवम् सिमेन्टले पहिलोपटक लगानीकर्तालाई बोनस सेयर दिने, बुक क्लोज कहिले?

मंगलबार, पुस ३ २०८०
शिवम् सिमेन्टले पहिलोपटक लगानीकर्तालाई बोनस सेयर दिने, बुक क्लोज कहिले?

यसअघि प्रत्येक वर्ष नगद लाभांश दिँदै आएको कम्पनीले पुँजी वृद्धिका लागि बोनस सेयर दिएको हो।

काठमाडौं- शिवम् सिमेन्टले मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले सेयरधनीलाई पहिलोपटक बोनस सेयर दिन लागेको हो। यसअघि प्रत्येक वर्ष नगद लाभांश दिँदै आएको कम्पनीले पुँजी वृद्धिका लागि बोनस सेयर दिएको हो।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६२ करोड ७० लाख रुपैयाँ थपिनेछ। हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्ने प्रयोजनका लागि पुस २७ गते ८औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ। यस्तै पुस १९ गते बुक क्लोजको मिति तोकिएको छ।


प्रकाशित : मंगलबार, पुस ३ २०८०११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend