शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

images
मंगलबार, पुस ३ २०८०
images
हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

कम्पनीले पुस २६ गते साधारणसभा समेत बोलाएको छ।

images
images

काठमाडौं- हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट लाभांश घोषणा गरेको छ।

images
images
images

पुस २ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजी १ अर्ब १७ करोडको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

images
images

कम्पनीले पुस २६ गते साधारणसभा समेत बोलाएको छ। कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १२ गते बुक क्लोजको मिति समेत तय गरेको छ। 

images
images

अर्थात पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।


प्रकाशित : मंगलबार, पुस ३ २०८०१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend