शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

मंगलबार, पुस ३ २०८०
हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

कम्पनीले पुस २६ गते साधारणसभा समेत बोलाएको छ।

काठमाडौं- हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट लाभांश घोषणा गरेको छ।

पुस २ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजी १ अर्ब १७ करोडको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

कम्पनीले पुस २६ गते साधारणसभा समेत बोलाएको छ। कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १२ गते बुक क्लोजको मिति समेत तय गरेको छ। 

अर्थात पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।


प्रकाशित : मंगलबार, पुस ३ २०८०१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend