आइतबार, वैशाख १६ गते २०८१    
images
images

उत्पादन ठीकै भएपनि बीवाईडीको हर्कतप्रति संसारभर शंकैशंका : बलिया देशमा नियन्त्रित, कमजोरमा छिद्र समाएर फैलिने दाउ

images
images
images
उत्पादन ठीकै भएपनि बीवाईडीको हर्कतप्रति संसारभर शंकैशंका : बलिया देशमा नियन्त्रित, कमजोरमा छिद्र समाएर फैलिने दाउ

बीवाईडीले कर छली र अस्वस्थ्य प्रतिस्पर्धाको गैरकानूनी बाटो अवलम्बन गरिरहेको छ। यसको पुष्टि नेपाल र भारतमा भइरहेका गतिविधिले गर्छ।

images
images

काठमाडौं- केही महिनाअघि जापानको टोकियोमा आयोजित जापान मोबिलिटी शोमा बीवाईडी एसिया प्यासिफिक सेल्स प्रमुख लि सुलिङले विद्युतीय सवारीको नयाँ भविष्य जापानबाट नै सुरु हुने बताएका थिए। उनले भनेका थिए, 'जापान स्वदेशी सवारी ब्रान्डमा विश्वास गर्ने देशमा पर्छ तर अब भने परिदृश्य फेरिँदै गएका छन्।'

images
images
images

विदेशी सवारी ब्रान्डका लागि जापानी बजारमा बलियो उपस्थिति बनाउनु निकै कठिन वा असम्भवप्रायः मानिन्थ्यो। संख्याका आधारमा विश्वको सबैभन्दा ठूलो सवारी उत्पादक टोयोटाको देशमा विश्वको ठूलो विद्युतीय कार उत्पादक बन्दै गरेको बीवाईडीले जसरी जापान मोबिलिटी शोमा आफूलाई उभ्यायो यसले जापानी सवारी उत्पादकसँगै धेरै तरंगित बने। 

images

सन् २०२३ को तेस्रो क्वाटरमा टेस्लाले विश्वभर ४ लाख ३५ हजार ५९ वटा विद्युतीय कार बिक्री गर्दा बीवाईडीले ४ लाख ३१ हजार ६ सय ३ वटा कार बिक्री गरेको थियो। चीनमा राम्रो हाइप कायम गर्दै गरेको बीवाईडी विश्व बजारमा पनि त्यही रुपमा उदाउन चाहन्छ र जस्तो सुकै हर्कत गर्न पछि पर्दैन।

images

युरोपका केही र एसियाका केही देशमा बीवाईडीको बिक्री बढ्दै गएको छ तर बीवाईडीले करछली र अस्वस्थ्य प्रतिस्पर्धाको गैरकानूनी बाटो अवलम्बन गरिरहेको छ। यसको पुष्टि नेपाल र भारतमा भइरहेका गतिविधिले गर्छ। 

images
images

बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ई सिक्स आयात गर्दा सवा करोड करछली गरेको पुष्टि गर्दै भन्सार विभागले छली भएको करसहित जरिबानासमेत तिर्न पत्र काटिसकेको छ। यसबारे बिजनेस न्युजले कर छलेको प्रमाणसहित समाचार प्रकाशित गरेको छ।

त्यस्तै एटो थ्रीको आयातमा पनि बदमासी भइरहेकोबारे भन्सार विभागले अनुसन्धान सुरु गरिसकेको छ। 

नेपालमा मात्र होइन भारतमा समेत बीवाईडीले सीकेडी आयात गरेर विद्युतीय कार एसेम्बल गर्दा करछली गरेको आशंकामा आयकर विभागले अन्तिम चरणको अनुसन्धान गरिरहेको छ।

त्यस्तै युरोपेली संघले पनि बीर्वाडीले जुन रुपमा अस्वस्थ्य प्रतिस्पर्धा सृजना गरिरहेको छ त्यो स्वभाविक नभएको बताएको छ। 

चीनभित्रै बीवाईडी सफल हुनुलाई सामान्य नै मान्न सकिन्छ। कार्बन उत्सर्जनमा सबैभन्दा धेरै योगदान गरिरहेको चीन त्यो कम गर्न विद्युतीय सवारीको प्रयोग बढाउन मरिमेटेर लागेको छ। चीनको प्रयोगलाई अनेकन उपायको प्रयोग गरेर बीवाईडीमार्फत चीन सरकार नै विश्व बजारमा जान चाहेको निक्की एसियाले उल्लेख गरेको छ। प्रत्यक्ष प्रविधिमार्फत अघि बढ्दा अवरोध भएपछि चीन यो मिसन सफल बनाउन लागिपरेको हो। 

बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : एटो थ्रीको आयात पनि शंकास्पद, किन हुन्छ लटैपिच्छे लाखौँ मूल्य कम बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : एटो थ्रीको आयात पनि शंकास्पद, किन हुन्छ लटैपिच्छे लाखौँ मूल्य कम

बीवाईडीको उदय, मोडल चोरी

सन् १९९५ मा २९ वर्षीय ब्याट्री अध्येता वाङ चुवानफुले सानो पुँजीमा एउटा कम्पनी स्थापना गरे। मोबाइल फोनको ब्याट्री बनाउने गरी स्थापना भएको कम्पनी हो बीवाईडी अर्थात बिउल्ड योर ड्रिम। बीवाईडीले सुरुमा कार बनाएन, कार बनाउन स्थापना भएको पनि थिएन।

स्थापनाको केही वर्षपछिबाट बीवाईडीले सन् २००५ मा आईसी इन्जिनयुक्त एफ थ्री सेडान कार बनाएको थियो। सन् २००५ मै पहिलो ब्याट्री विद्युतीय कार एफ थ्री ई उत्पादन गरेको थियो। त्यतिबेला ईभीमा चीन सरकारको सहयोग थिएन तर पनि उक्त मोडल केहीहदसम्म सफल भएको मानिन्छ। 

एफ थ्री मोडल ठ्याक्कै टोयोटा कोरोला जस्तै थियो। त्यतिबेला बीवाईडीले विश्व बजारमा चलेका मोडलको कपी गरेरै आफ्नो कार बनाउने गरेको थियो। सन् २००७ मा एउटा अन्तर्वार्तामा बीवाईडी संस्थापक वाङले नै कम्पनीहरूले पेटेन्ट नलिएका मोडलबाट सापटी लिएर आफूले कार बनाउँदै आएको खुलमखुला बताएका थिए।

बाटो सधैँ एकैनासको हुँदैन। बीवाईडीको चोरीलाई चीन सरकारले साथ दिँदै गयो। त्यसमा राम्रो गरिरहेको देखेर सन् २००८ मा अमेरिकी धनाढ्य वारेन बफेटले १ अर्ब ८० करोड हङकङ डलरमा बीवाईडीको सेयर किने। सोही कारण २००९ मा वाङ चीनकै सर्वाधिक धनी व्यक्ति बनेका थिए। 

२०२१ सम्म बीवाईडीको ईभी बिक्री अपेक्षाकृत बढ्न सकेको थिएन। कोरोनापछि जब आईसी इन्जिन सवारी, इन्धन तथा ब्याज बढ्यो त्यसपछि भने विद्युतीय सवारीको व्यापार विश्वभर नै उल्लेख्य रुपमा उचाइतर्फ लाग्यो।

सन् २०२१ को तुलनामा ३ गुणाले बढेर २०२२ मा बीवाईडीले १८ लाख विद्युतीय सवारी बिक्री गरेको थियो। ईभीको व्यापार बढ्दै गएपछि सन् २०२२ बाट बीवाईडीले आईसी इन्जिन सवारी उत्पादन बन्द गरेको हो। 

बीवाईडीले ब्याट्रीलगायत केही कम्पोनेन्टहरू आफैँले उत्पादन गर्छ। यस्ता कम्पोनेन्टको प्राविधिक जाँचका लागि धेरै देश सक्षम छैनन्। जुन लागत कम गर्न र नेपालजस्तै कानून कार्यान्वयन कमजोर भएको मुलुकका सरकार र उपभोक्तालाई झुक्याउन सजिलो औजार बनिरहेको छ। 

यता बीवाईडीले बनाएका विद्युतीय सवारी मोडल भने अन्य चिनियाँ प्रतिस्पर्धीहरूले कपी गर्न नसक्ने गरी बनाइएको छ।

बीवाईडीले तथाकथित ई प्लेटफर्म ३.० का नाममा कारको तौल तथा आकारमा १० प्रतिशतले कटौती गरेको दाबी गरेको छ। नयाँ उत्पादन प्रविधिको विकास गरेर यस्तो सम्भव भएको बताएपनि यसको स्वतन्त्र परीक्षण भएको छैन। 

एटो थ्री : कर छल्न आयात मूल्य कम तर उपभोक्ताबाट असुलिँदै अकुत नाफा एटो थ्री : कर छल्न आयात मूल्य कम तर उपभोक्ताबाट असुलिँदै अकुत नाफा

चीन सरकारको रणनीति

चीनले सन् २००८ तिरबाट प्रदूषण न्यूनीकरण र इन्धन आयात कम गर्न न्यू इनर्जी सवारीलाई प्राथमिकतामा राख्न थाल्यो। ईभीको प्रयोग बढाउन उत्पादन प्लान्टमा राज्यको लगानीदेखि उपभोक्तालाई सहुलियतसम्म उपलब्ध गराउन थाल्यो।

सन् २००९ यता चीनले हाइब्रिड र ईभीलाई १ सय अर्ब युआनभन्दा बढी सहुलियत दिइसकेको छ। २०१४ पछि चीन सरकारले विद्युतीय सवारीको उपभोक्ता मूल्यको ६० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको छ। सोही अनुदानका कारण चीनमा २०१८ सम्म आइपुग्दा ४ सय ८७ वटा विद्युतीय सवारी उत्पादक कम्पनी स्थापना भएका थिए। 

तर सरकारले अनुदानमा केही नियन्त्रण गरेपछि चीनमा हाल करिब ४० वटा ईभी उत्पादक रहेको त्यहाँको सञ्चारमाध्यमहरूले लेखेका छन्। चीनमा सरकारी अनुदान पाउन स्थानीय लगानी भएका कम्पनीहरूमात्र योग्य हुन्छन्। सरकारी अनुदानकै कारण चिनियाँ ब्याट्री उद्योगहरू विश्व ईभी ब्याट्री बजारमा नेतृत्वदायी अवस्थामा छन्। 

एक अमेरिकी अटो उत्पादकका अनुसार चीनमा सस्तो मूल्यमा ब्याट्री उत्पादन हुनुको एउटै कारण कसरी कम खर्चमा उत्पादन गर्न सकिन्छ भन्ने मन्त्र नै हो। जापानी र दक्षिण कोरियन ब्याट्री उत्पादकले चिनियाँले जस्तो सस्तोमा मात्रै बनाउने मन्त्र भेटेनन् र उनीहरूको ब्याट्री तुलनात्मक रुपमा महँगो तर उच्च गुणस्तरको र विश्वसनीय बन्यो। कम्पनीहरूले जेसुकै भनेपनि चीन सरकारको सहयोगबिना चीनमा त्यति सस्तोमा ब्याट्री बन्न सम्भवै नभएको एलिक्सपार्टनर्स कन्सल्टेन्सीका निर्देशक स्टेफन डियरले बताएका छन्। 

बीवाईडीसहित चिनियाँ सवारीलाई एसियामा जति सजिलो भइरहेको छ युरोप तथा अमेरिकामा त्यति नै कठीन। त्यसकाबीच चीनमा बनेका जति विद्युतीय सवारी निर्यात हुन्थ्यो त्यसको आधा युरोपेली क्षेत्रमा भइरहेको थियो। त्यसको मुख्य कारण माग बढी हुनु र त्यहाँ ईभी आयातको कर कम हुनु हो।

एसियाली देशका कमजोरी तथा कानूनी छिद्र प्रयोग गरेर बदमासी गरेको बीवाईडीसँग सशंकित युरोपेली आयोगले गएको अक्टोबरदेखि चीनबाट आयातित ब्याट्री ईभीमा दिँदै आएको अनुदान हटाइदियो। 

चिनियाँ ईभीको विस्तार अस्वभाविक भएकाले ईयू आयातित चिनियाँ विद्युतीय कारमा कर बढाउने नीतिमा रहेको छ। यसको मुख्य कारण बीवाईडीलगायतको अदृष्य बदमासी नै हो।

कम मूल्यका चीनमा बनेका ईभीको तुलनामा सोही सेगमेन्टका युरोपमा बनेका ईभी २० प्रतिशत महँगोमा उत्पादन हुँदै आएको छ। यसले युरोपेली बजारलाई बिगारेको र सस्ता तथा कमसल चिनियाँ ईभीले राज्यले दिएको धेरै अनुदान पाइरहेको ईयूको निष्कर्ष छ। 

अहिलेको बदलिँदो परिवेशमा विद्युतीय सवारी उद्योग 'रणनीतिक उद्योग'का रुपमा रहेको र यसैको माध्यमबाट चीन युरोप तथा अमेरिका प्रवेश गर्न चाहिरहेको फ्रेन्च इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजअन्तर्गत चाइना स्टडिजका प्रमुख मार्क जुलिननले भनेका छन्। ‘ईभी उद्योग अर्बौँ डलरको बन्दैछ र हजारौँको रोजगारी सृजना गर्दैछ। हो त्यसैमा प्रहार गर्न चीनका बीवाईडीजस्ता कम्पनीहरू अस्वस्थ्य प्रतिस्पर्धालगायत सबैखाले हर्कत गर्दै छन्,’ मार्कले भने, ‘यसले युरोपको उद्योग नै धरासायी बनाउन सक्नेबारे बेलैमा सचेत हुनुपर्छ।’ 

यता चिनियाँलाई युरोपमै उत्पादन गराउनु पर्ने या त आयातमा कडाइ गर्नुपर्ने सुझाव युरोपेली विज्ञहरूले दिएका छन्। युरोपेली आयोगले सहुलियतलगायतमा गर्ने नियन्त्रणबारे निक्की एसियाको प्रश्नमा बीवाईडीका ब्रान्डिङ एन्ड पीआर डिभिजनका जनरल म्यानेजर ली यनफीले भनेका छन्, ‘हामी स्थानीय कानून र नियमभित्र रहेर काम गछौँ।’

युरोपमा कानूनको अक्षरश पालना हुने बारेमा बताउने बीवाईडी नेपाल, भारतलगायत मुलुकमा भने प्रिन्सिपल कम्पनीकै संलग्नतामा स्थानीय आधिकारिक बिक्रेताले करछली गरिरहेको छ। 

यसको पुष्टि भारतमा आयकर विभागले गरिरहेको अनुसन्धान र नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्सले ई सिक्स आयातमा गरेको करछली गरेको पाइएपछि भन्सारले तिराएको जरिबानाबाट हुन्छ।

त्यस्तै नेपालमा आयात भइरहेको अर्को मोडल एटो थ्रीमा पनि प्रिन्सिपल कम्पनीकै संलग्नतामा साइमेक्सले करमा घोटाला गरिरहेको छ। यसका लागि बीवाईडी चाइनाले केही महिनादेखि आफ्ना दुई कर्मचारीलाई नेपालमै राखेको छ। 

युरोपको तुलनामा बीवाईडीप्रति अमेरिका अझ बढी कठोर देखिएको छ। प्रविधि कम्पनी हुवावेले अवैध रुपमा डेटा संकलन गरेको पाइएपछि अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएको थियो। त्यसपछि हुवावेको व्यापार विश्वभर ओरालो लागि रहेको छ।

नेपालको टेलिकम प्रणालीमा पनि बदनीयतपूर्ण काम हुवावेले गरिरहेको छ। चिनियाँ ब्रान्ड नै भएकाले बीवाईडीले पनि हुवावेकै पदचाप पछ्याउनेमा निश्चिन्त देखिएको अमेरिकाले बीवाईडीलाई सुरुदेखि नै शंकाको घेरामा राखेर हेरिरहेको छ। अमेरिकाले चिनियाँ ईभी आयात गर्न दिनुको साटो ठूलो सहुलियत रकम दिएर स्थानीय कम्पनीहरूलाई उत्पादनमै प्रोत्साहन गरिरहेको छ। 

सन् २०३० सम्ममा चिनियाँ ईभीको विश्व बजारमा हिस्सा ३३ प्रतिशत पुग्ने अनुमान गरिएको छ। तर बीवाईडीलगायत ब्रान्डको बदनियतपूर्ण विस्तारले धेरै देशमा उनीहरूमाथि नियन्त्रण हुने सम्भावना बढ्दै गएको छ। एसियाली देशहरू जापान तथा खाडीमा बीवाईडीले राम्रो गर्न कठीन छ। विश्लेषकहरूका अनुसार जापानमा चिनियाँ ब्रान्डलाई प्रवेश सजिलो जस्तो देखिएपनि त्यहाँ व्यापार बनाइरहन निकै कठीन हुनेछ।

त्यस्तै विश्वको तेस्रो ठूलो सवारी बजार भारतमा बीवाईडीले सीकेडी ल्याएर एसेम्बल गर्दा लाखौँ डलर करछली गरेकोबारे अनुसन्धान गरिरहेकाले त्यहाँ पनि उसका लागि फलामको चिउरा चपाएसरह नै हुनेछ। अन्य एसियाली देशहरूले पनि बीवाईडीलगायत ब्रान्डको बदमासीबारे थाहा पाएपछि बीवाईडीको आक्रामक बजार विस्तारमा ठूलै धक्का लाग्ने छ। 

बीवाईडीमा साइमेक्सको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।

images

प्रकाशित : बिहीबार , पुस ५ २०८००४:४४
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस