शुक्रबार, असोज ४ गते २०८१    
images
images

भन्सार छलेर ल्याउँदै गरेका ३१ बोरा चिनी बरामद

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १३ २०७८
images
images
भन्सार छलेर ल्याउँदै गरेका ३१ बोरा चिनी बरामद

प्रहरीले चिनीसँगै भोजपत्ता एक बोरा र मिठाईमा प्रयोग गरिने रङ एकबोरासमेत समातेको छ। 

images
images

जलेश्वर- भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी महोत्तरी प्रहरीले गएराति बरामद गरेको छ।

images
images
images

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको पश्चिमी दक्षिण सीमानाकामा अवस्थित सम्सी गाउँपालिका–७ बाट चिनी बरामद गरिएको हो। प्रहरीले चिनीसँगै भोजपत्ता एक बोरा र मिठाईमा प्रयोग गरिने रङ एकबोरासमेत नियन्त्रणमा लिएको छ। 

साथै ओसारपसारमा प्रयोग गरिएको बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुई मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। बरामद चिनीसहितका सबै सरसामान प्रहरीले भन्सार कार्यालयलाई बुझाउने तयारी गरिरहेको छ। रासस 


प्रकाशित : सोमबार, मंसिर १३ २०७८०६:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend