बिहीबार , वैशाख २० गते २०८१    
images
images

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सांसदले सोधे - ग्राउन्ड ह्यान्डलिङमा मोह किन?

images
images
images
निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सांसदले सोधे - ग्राउन्ड ह्यान्डलिङमा मोह किन?

सांसदहरूका प्रश्‍नमा निगमका अध्यक्ष अधिकारीले प्रष्ट जवाफ दिन सकेनन्। उनले निगमलाई दोष थोपरेर पन्छिन खोजेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि आरोप लगाए।

images
images

काठमाडौं- सुधारका काम गर्न नसकेको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सांसदहरूले दर्जनौँ प्रश्न गरेका छन्।

images
images
images

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार भएको बैठकमा कार्यकारी अध्यक्ष अधिकारीलाई सांसदहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ र युरोपियन युनियन (ईयू)को सुरक्षा सूचीबाट नहट्नुको कारणलगायतका विषयमा प्रश्न राखेका थिए।  जसमा कार्यकारी अध्यक्ष अधिकारीले सांसदहरूको प्रश्नको जवाफ दिन सकेनन्। 

images

समितिमा दुई विषयमा सांसदहरूले अधिकारीलाई एकपछि अर्को प्रश्‍न गरेका छन्। उनीहरूले ईयूले सुरक्षा सूचीमा राखेको १० वर्षमा निगमले के सुधार गर्‍यो? सुरक्षा सूचीबाट नेपाल नहट्नुको कारण के हो? ग्राउन्ड ह्यान्डलिङमा मात्र किन मोह? भन्नेलगायत प्रश्‍न सोधेका थिए। 

images

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले ‘सेफ्टी लिस्टबाट नहट्नुको कारण निगमको नेतृत्वलाई थाहा छ कि छैन?’ भनी सोधेका थिए। 

images
images

कांग्रेसकै अर्का सांसद प्रकाशमान सिंहले सुरक्षा सूचीबाट बाहिर आउन निगमले के गरिरहेको छ भन्ने कुरा सार्वजनिक गरिनुपर्ने बताए। ‘कालोसूची भनेर सुनिरहेको सन् २०१३ देखि नै हो। यसमा निगमले के गरिरहेको छ, हामीले थाहा पाउनु पर्‍यो,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘ईयूले क्षमतामा प्रश्‍न उठाएकोबारे के जवाफ छ’ भनी सोधेका थिए। 

सांसदहरूका प्रश्‍नमा निगमका अध्यक्ष अधिकारीले प्रष्ट जवाफ दिन सकेनन्। उनले निगमलाई दोष थोपरेर पन्छिन खोजेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि आरोप लगाए।

‘दोषारोपण गरेर समस्या समाधान हुँदैन,’ उनले भने। चित्तबुझ्दो जवाफ नपाएपछि सांसदहरूले यस विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने बताए।

नेकपा एमालेका सांसद एकनाथ ढकालले ‘उहाँको प्रस्तुतिबाट हामी सन्तुष्ट छैनौँ’ भने।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले कालोसूचीमा परेको १० वर्षमा भएको प्रयासबारे चित्तबुझ्दो जवाफ नआएकाले सम्बन्धित मन्त्रीलाई बोलाएर छलफल गराउन माग गरे। समितिको बैठक निर्णयमा पुग्न सकेन।

अर्को बैठक पुस ५ गतेका लागि तय गरिएको छ। जसमा निगम सुधारको रणनीतिक योजनाहरूसमेत प्रस्तुत हुने बताइएको छ। 

images

प्रकाशित : सोमबार, पुस २ २०८००३:४०

प्रतिक्रिया दिनुहोस