शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजार लगातार उचाइतर्फ : ३८ अंकले वृद्धि, ६ अर्ब ८६ करोडको कारोबार

गएको सातायता नै २०७ अंकले बढ्यो

images
सोमबार, पुस २ २०८०
images
सेयर बजार लगातार उचाइतर्फ : ३८ अंकले वृद्धि, ६ अर्ब ८६ करोडको कारोबार
images
images

काठमाडौं- गएको साता देखिएको उछाललाई साथ मिल्ने गरी यो साता पनि सेयर बजार वृद्धितर्फ नै लागिरहेको छ। उचाइतर्फ लागिरहेको बजार यो साताको दुवै कारोबारमा बढेको हो।

images
images
images

आइतबार २७.७५ अंकले बढेको बजार सोमबार ३८.१४ अंकले बढेर २०६०.४९ बिन्दुमा पुगेको छ। १६५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ। कारोबार रकमसमेत पछिल्लो समय निरन्तर बढिरहेको छ।

images
images

अहिलेको कारोबारले लगानीकर्ताका लागि सुखद संकेत गरेको छ। लामो समय उतारचढावमा रहेको बजारमा गएको सातायता २०७.१४ अंकको सुधार देखिएको छ। 

images
images

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको हो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजार बढिरहेको छ। 

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसिरहेको थियो। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजार उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहँदा अब भने पुन: उचाइतर्फको संकेत गरेको हो। अहिले बजारमा लगानीकर्ताको साथ मिलिरहँदा २२०० को बिन्दु सजिलै पार हुने अवस्‍था देखिएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, पुस २ २०८०१५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend