शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

जीवन विकास लघुवित्तले १४.७३ प्रतिशतमात्रै लाभांश दिने

सोमबार, पुस २ २०८०
जीवन विकास लघुवित्तले १४.७३ प्रतिशतमात्रै लाभांश दिने

गतवर्ष ७३ प्रतिशत लाभांश दिएको कम्पनीले यो वर्ष ६१ प्रतिशत घटाएर घोषणा गरेको छ।

काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १४.७३६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। गतवर्ष ७३ प्रतिशत लाभांश दिएको कम्पनीले यो वर्ष ६१ प्रतिशत घटाएर घोषणा गरेको छ। 

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३६ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।


प्रकाशित : सोमबार, पुस २ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend