शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजारले बढ्दो ट्रेन्ड पछ्याउने संकेत, हाइड्रोको सेयरमा पुनः लगातार उछाल

घट्दो ब्याजदरसँगै राष्ट्र बैंकको नरम नीतिले लगानीकर्ता उत्साहित

images
सोमबार, पुस २ २०८०
images
सेयर बजारले बढ्दो ट्रेन्ड पछ्याउने संकेत, हाइड्रोको सेयरमा पुनः लगातार उछाल
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.७५ अंक अर्थात १ दशमलव ३९ प्रतिशतले बढेर २ हजार २२ दशमलव ३५ अंकमा पुगेको छ। गत बिहीबार परिसूचक ६.५५ अंकले बढेको थियो। यो साता पनि वृद्धिसहितको सुरुवातले बजारमा लगातार वृद्धिमा देखिएको छ।

images
images
images

आइतबार बजार सूचक १९८६.०६ मा खुल्दै सुरु भयो, १९५१.०२ को न्यून बिन्दुबाट पुगेर २०२२.३५ को उच्च बिन्दुमा पुगेर बन्द भयो। 

images
images

आइतबार कारोबारमा २ सय ९५ वटा विभिन्न कम्पनीको एक लाख १ हजार १ सय २८ कारोबार भएको छ। कुल ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ। जुन नेप्सेमा विगत साढे पाँच महिनायताकै उच्च कारोबार हो। यसअघि गत असार १३ गते ५ अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

images
images

आइतबार बजार पुँजीकरण ३१.१९ खर्ब छ, जसको फ्लोट बजार पुँजीकरण १०.८४ खर्ब पुगेको छ।

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको सेयर बजार गतसातादेखि लगातार वृद्धिउन्मुख हुनुले बजार बढ्दो ट्रेन्डमा जाने देखिएको छ।  

सेयर बजारमा गएको साता देखिएको उछाललाई साथ मिल्ने गरी यो साताको पहिलो कारोबारले पनि लगानीकर्ताका लागि सुखद संकेत गरेको छ। लामो समय उतारचढावमा रहेको बजारमा अहिलेको अवस्थाले उचाइतर्फको संकेत गरेको छ। गएको सातायता बजारमा १६९.५६ अंकको सुधार देखिएको छ। 

बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो। अहिले जलविद्युत समूहका सेयरधनी मालामाल भएका छन्। जलविद्युत उपसमूह ५.५५ प्रतिशतले बढेको छ। यस्तै लगानी, विकास बैंक र अन्य उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरै बढेको छ। वाणिज्य बैंकमा भने मर्जर र एफपीओ करको थोरै प्रभाव देखिँदा घटेको छ। 

बोटलर्स नेपाल (बालाजु) सहित एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल बालाजुको सेयर मूल्य प्रतिकित्ता ३५९ रुपैयाँले बढेको छ।

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसिरहेको थियो। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजार उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहँदा अब भने पुन: उचाइतर्फको संकेत गरेको छ। 

गएको साता आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार १५.४० अंकले घटेको थियो। मंगलबार ३६.८६ अंकले बढेको बजार बुधबार २.६० अंकले र बिहीबार पुनः ६.५५ अंकले बढेको थियो।  


प्रकाशित : सोमबार, पुस २ २०८००७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend