काठमाडौं- बुटवल पावर कम्पनीले १ करोड कित्ता आफपीओ जारी गर्ने भएको छ। आफ्ना विभिन्न आयोजनामा लगानीका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले एफपीओ जारी गर्ने भएको हो।
कम्पनीले यो वर्ष लगानीकर्तालाई ५ प्रतिशतमात्रै लाभांश दिने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यसपालि ५ प्रतिशत नगद मात्र दिन लागेको हो।
कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यो लाभांश ११ वर्षयताकै सबैभन्दा कम हो। कम्पनीले गत वर्ष ७.६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिएको थियो।
यो प्रस्ताव ३१औँ वार्षिक साधारण सभामा पेस गर्ने जानकारी कम्पनीले आइतबार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई गराएको छ।