काठमाडौं- चालु आर्थिक वर्षको चौथो महिना कात्तिकमा १ खर्ब १२ अर्ब ६२ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। यस्तो रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा २६.४ प्रतिशत बढी हो।
चालु आर्थिक वर्षको चार महिनामा करिब ४ खर्ब ७८ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलरमा विप्रेषण गत वर्षको तुलनामा १०.८ प्रतिशतले बढेर ३ अर्ब ६० करोड रूपैयाँ भित्रिएको छ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब १६ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो। भदौमा १ खर्ब १२ अर्ब रूपैयाँ र असोज महिनामा करिब १ खर्ब ३७ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
असोज महिना भित्रिएको रेमिट्यान्स हालसम्मकै उच्च हो।