शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

मुलुकको बाह्य क्षेत्रमा उल्लेखीय सुधार, शोधनान्तर बचत १ खर्ब ४७ अर्ब

बिहीबार , मंसिर २८ २०८०
मुलुकको बाह्य क्षेत्रमा उल्लेखीय सुधार, शोधनान्तर बचत १ खर्ब ४७ अर्ब

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनासम्मको वित्तीय विवरण प्रकाशित गर्दै मुलुकको बाह्य क्षेत्र निकै मजबुत अवस्थमा रहेको देखाएको छ।

समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब  ११ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको थियो।

समीक्षा अवधिमा चालुखाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा चालुखाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको थियो। 

मुलुकको बाह्य क्षेत्रमा सुधार भएसँगै विदेशी मुद्राको सञ्चिति पनि बढेको छ। आयातमा भएको कमी र रेमिट्यान्समा वृद्धिका कारण विदेशी मुद्राको सञ्चिति बढेको हो।

गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति ८.९ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मा नेपालसँग १२ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेको छ। उक्त सञ्चितिले १३.६ महिनाको वस्तु तथा ११.३ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त छ। 

यस्तै यस अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढ्दै ४ खर्ब ७७ अर्ब भित्रिएको छ। गत वर्षको सोही अवधिमा विप्रेषण २०.४ प्रतिशतले बढेको थियो।


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend