शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

कुमारी बैंकले घटायो प्रिमियम दर, अङग्रेजी नयाँ वर्षबाट ३.५ प्रतिशत प्रिमियममा कर्जा दिने

images
बिहीबार , मंसिर २८ २०८०
images
कुमारी बैंकले घटायो प्रिमियम दर, अङग्रेजी नयाँ वर्षबाट ३.५ प्रतिशत प्रिमियममा कर्जा दिने
images
images

काठमाडौं- कुमारी बैंकले कर्जाको प्रिमियम दर घटाउने भएको छ। अङग्रेजी नयाँ वर्ष जनवरी १ अर्थात आगामी पुस १६ बाट कार्यान्वयनमा आउने गरी बैंकले कर्जाको प्रिमियम दर घटाएको हो। 

images
images
images

बैंकले प्रवाह गर्ने ऋणमा आधार दर ५ प्रतिशतसम्म प्रिमियम दर थपेर कर्जा प्रवाह गर्दै आएको थियो। अब बैंकले ५ प्रतिशत प्रिमियम दरबाट घटाएर ३.५ प्रतिशतमा झारेको छ। 

images
images

कर्जाको ब्याजदर घटाएर कर्जा प्रवाह बढाउन र ऋणीलाई सहुलित दिन भन्दै यस बैंकले ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ।

images
images

उक्त निर्णयले बजारलाई चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। यसअघि एनआईसी एसिया बैंकले पनि आफ्नो प्रिमियम दर ५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारिसकेको छ। 

कुमारी बैंकले ३०९ शाखा, ३२० एटिएम बुथ, ६५ शाखारिहत बैंकिङ इकाई र ४९ एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend