शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

कुमारी बैंकले घटायो प्रिमियम दर, अङग्रेजी नयाँ वर्षबाट ३.५ प्रतिशत प्रिमियममा कर्जा दिने

बिहीबार , मंसिर २८ २०८०
कुमारी बैंकले घटायो प्रिमियम दर, अङग्रेजी नयाँ वर्षबाट ३.५ प्रतिशत प्रिमियममा कर्जा दिने

काठमाडौं- कुमारी बैंकले कर्जाको प्रिमियम दर घटाउने भएको छ। अङग्रेजी नयाँ वर्ष जनवरी १ अर्थात आगामी पुस १६ बाट कार्यान्वयनमा आउने गरी बैंकले कर्जाको प्रिमियम दर घटाएको हो। 

बैंकले प्रवाह गर्ने ऋणमा आधार दर ५ प्रतिशतसम्म प्रिमियम दर थपेर कर्जा प्रवाह गर्दै आएको थियो। अब बैंकले ५ प्रतिशत प्रिमियम दरबाट घटाएर ३.५ प्रतिशतमा झारेको छ। 

कर्जाको ब्याजदर घटाएर कर्जा प्रवाह बढाउन र ऋणीलाई सहुलित दिन भन्दै यस बैंकले ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ।

उक्त निर्णयले बजारलाई चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। यसअघि एनआईसी एसिया बैंकले पनि आफ्नो प्रिमियम दर ५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारिसकेको छ। 

कुमारी बैंकले ३०९ शाखा, ३२० एटिएम बुथ, ६५ शाखारिहत बैंकिङ इकाई र ४९ एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend