आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

समयमै उडान नगरेको भन्दै भैरहवा विमानस्थलमा श्री एयरलाइन्सप्रति यात्रुहरू आक्रोशित

images
बुधबार, मंसिर २७ २०८०
images
समयमै उडान नगरेको भन्दै भैरहवा विमानस्थलमा श्री एयरलाइन्सप्रति यात्रुहरू आक्रोशित

थोरै जहाज तर धेरै उडान राखेकाले यात्रुले समस्या पाएको उनले बताए।

images
images

भैरहवा- श्री एयरलाइन्सले समयमै उडान नगरेको भन्दै भैरहवा विमानस्थलमा यात्रुहरू आक्रोसित भएका छन्। 

images
images
images

बुधबार दिउँसो २ बजेका लागि टिकट दिएर बोर्डिङ गरेको तर चार बजेअघि उडान नहुने जानकारी पाएपछि यात्रुहरू एयरलाइन्सविरुद्ध आक्रोशित भएका हुन्। 

images
images

मौसमी तथा अन्य स्वभाविक कारण नभएर जहाज नभएको भन्दै ढिला उडान हुने जानकारी पाएपछि यात्रुहरू एयरलाइन्सविरुद्ध आक्रोशित भएका हुन्।

images
images

‘मौसम वा अरु कारणले भए त ठिकै हो तर जहाज नभएको भन्दै उडान नहुने भन्न पाइन्छ? यदि जहाज थिएन भने किन टिकट काटेको?’ बोर्डिङ पास लिएका यात्रु प्रेमप्रसाद पुलामीले भने। 

काउन्टरका अधिकारीहरूले रोटेसनका लागि जहाज अभाव भएको जानकारी दिएको उनले जानकारी दिए। थोरै जहाज तर धेरै उडान राखेकाले यात्रुले समस्या पाएको उनले बताए। 


प्रकाशित : बुधबार, मंसिर २७ २०८०१५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend