आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

अर्थतन्त्रमा समस्या देखिएपछि सिद्धार्थ राणाको होटलतर्फको लगानी विस्तार एकवर्ष पर धकेलियो

पाँचतारे होटल ‘द ओबराय काठमाडौं’ मा साढे १३ अर्ब लगानी हुँदै

images
images
images
अर्थतन्त्रमा समस्या देखिएपछि सिद्धार्थ राणाको होटलतर्फको लगानी विस्तार एकवर्ष पर धकेलियो
images
images

काठमाडौं- सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर राणाले अर्थतन्त्रमा समस्या देखिएपछि होटलमा गर्न लागेको लगानी विस्तारलाई एकवर्ष पर धकेलेका छन्। 

images
images
images

राणाको सुप्रभ्य होटल एन्ड रिसोर्ट प्रालिले काठमाडौं र नेपालगञ्जमा पाँचतारे डिलक्स होटल निर्माणको अन्तिम तयारी गरेको थियो। अध्यक्ष राणाले आर्थिक अवस्थालाई मात्रै नभएर होटलको लगानीमा पनि केही हेरफेर गर्न खोज्दा केही ढिला भएको तारा म्यानेजमेन्टको भनाइ छ। अर्थतन्त्र लयमा देखिनेवित्तिकै होटल निर्माणलाई तीव्रता दिने तयारी अध्यक्ष राणाको छ।

images

पहिले काठमाडौंमा भवन निर्माण सम्पन्न गरेर नेपालगञ्जमा सुरु गर्ने तयारी तारा म्यानेजमेन्ट प्रालिले गरेको थियो। ४६ रोपनी जग्गामा निर्माण हुने डिलक्स होटलमा म्यानेजमेन्ट भारतको चर्चित चेन होटल ‘ओबराय’ले गर्नेगरी सम्झौता भइसकेको छ।

images

काठमाडौं र नेपालगञ्जमा निर्माण हुने पाँचतारे ‘डिलक्स’ होटल दुवैको ‘ओबराय’ले व्यवस्थापनमा चलाउने छ। काठमाडौंको होटलमा अब ६ महिनाभित्रै भवन निर्माणको काम सुरु हुने तारा म्यानेजमेन्टले जानकारी दिएको छ। 

images
images

सन् २०२१ बाट प्रारम्भिक निर्माणको काम सुरु गरेका राणाले सन् २०२६ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखेका थिए। सन् २०२३ भित्र भवनको बाहिरी संरचना निर्माण सुरु गर्ने लक्ष्य राखिएको भएपनि २०२४ को मध्यबाट सुरु गर्ने र २०२८ भित्र होटल सञ्चालनमा ल्याउने गरी समय संशोधन गरिएको छ। 

राणाले काठमाडौंमा निर्माण गर्ने पाँचतारे होटल ‘द ओबराय काठमाडौं’ मा १६० बेड निर्माण हुने छ। ८ ठूला भवन हुने होटललाई नेपालकै नमूना होटलका रुपमा बनाउने गरी तयारी गरिएको छ।

होटलमा खासगरी विश्वका धनीहरू र अर्बपतिहरूलाई आकर्षित गर्ने गरी होटलको संरचना र ब्रान्डिङ गरिने छ। जसको लागि काठमाडौंको होटलमा अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिने छ। 

रबिभवनमा निर्माण हुने उक्त होटलमा भवनमा मात्रै ५ अर्ब ४१ करोड रुपैयाँ खर्च हुने छ। राणाले खरिद गरेको जग्गाको मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी मूल्यको रहेको छ। यसका कारण होटलको कुल लगानी जग्गासहित १३ अर्ब ५० अर्ब हाराहारी हुने अनुमान गरिएको छ।

४६ रोपनी १० आना २ पैसा जग्गा क्षेत्रफलमा रहने होटलमा ८ वटा ठूला भवन बन्ने छन्। सबै ब्लक एक आपसमा जोडिने छन्। जग्गाको ४० प्रतिशत भाग भने खुला रहने छ। जसमा बगैँचासहितका संरचना तयार हुने छन्। होटलमा १०८ वटा कार र ६८ वटा मोटरसाइकल अट्ने क्षमताको पार्किङ तयार हुने छ। ठूला सेनिनारदेखि साना सेमिनारका लागि हलहरू निर्माण हुने छन्। 

भवन निर्माणको लागि १८ लाख ९४ हजार ३ सय ६८ वटा इट्टा लाग्ने अनुमान गरिएको छ। ७ हजार ८ सय मेट्रिकटन सिमेन्ट आवश्यक पर्ने अनुमानसमेत गरिएको छ।

होटलमा तीन वटा रेष्टुरेन्ट हुने छ। प्रत्येक रेष्टुेन्टको क्षमता ८० सिटको रहने छ। सुप्रभ्य होटल एण्ड रिसार्ट प्रालिले सञ्चालन गर्ने उक्त होटलको व्यवस्थापन भने भारतबाट सुरु भएको ‘द ओबराय’ ले गर्ने छ। होटल निर्माण अवधिभर ३५० जनाले रोजगारी पाउने छन्। सञ्चालनपछि २२० जनाले रोजगारी पाउने छन्। 

राणाले सोही प्रकृतिको होटल नेपालगञ्जमा पनि बनाउने छन्। काठमाडाैमा भवन निर्माण सम्पन्न भएपछि मात्रै नेपालगञ्जको तयारी थाल्ने तारा म्यानेजमेन्टले जनाएको छ। व्यवस्थापनलाई काठमाडौंका एउटा आकारमा आएपछि नेपालगञ्जमा सुरु गर्नेगरी तयारी गर्न जिम्मा दिएका छन्। नेपालगञ्जमा पनि ५६ बिघा जमिन खरिद गरिसकेको छ। 

भारतको चर्चित चेन ‘द ओबराय’  

भारतको चर्चित ब्रान्ड ‘द ओबराय’ ग्रुप सन् १९३४ मा स्थापना भएको हो। लक्जरी होटल समूह ओबराय मोहन सिंह ओबरायले स्थापना गरेका हुन्। द ओबराय ग्रुपको केन्द्रीय कार्यालय भारतको दिल्लीमा रहेको छ। ओबराय होटल हालसम्म ३३ स्थानमा सञ्चालनमा रहेका छन्।

३१ वटा विलाशी होटल हुन् भने ३ वटा रिभर क्रुज सिपमा छन्।ओबरायको चेन भारतसहित विभिन्न देशमा रहेका छन्। ओबराय ग्रुपले होटल र रिसोर्टमा मात्र लगानी गर्दै आएको छ। ओबरायको होटल भारतको मुम्बई, जयपुर, दिल्ली, कोलकातालगायत सहरमा सञ्चालनमा छन्। दुबई, साउदी अरब, इजिप्ट, मोरक्को र युरोपका अधिकांश देशमा पनि रहेका छन्।

टाटाबाट उदाएका राणा 

सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर राणा नेपालमा हरेक वर्ष व्यक्तिगततर्फ आयकर तिर्ने उत्कृष्टको सूचीमा पछिल्लो एक दशकदेखि परिरहेका छन्।

पहिलो पटक २०६८/६९ मा सबैभन्दा धेरै व्यक्तिगततर्फ कर तिर्नेमा राणा उत्कृष्ट बनेका थिए। राणा यसवर्षसहित ७ पटक व्यक्तिगत आयकर तिर्नेमा पहिलो बन्दै सम्मानित भएका छ्न्। राणा २०६८/६९, २०६९/७०, २०७१/७२, २०७२/७३, २०७३/७४, २०७४/७५ र २०७६/७७ गरी सात पटक उत्कृष्ट करदाताको सूचीमा पर्दै सम्मानित भइसकेका छन्। 

राणाको सिप्रदीसँगै हस्पिटालिटी, उत्पादनमूलक उद्योग, जलविद्युत लगायतमा उनको लगानी रहेको छ। सिप्रदी ट्रेडिङ, सिप्रदी इनर्जी, सिप्रदी अर्थमुभर, सिप्रदी अटोपार्ट्स, सिप्रदी अस्योर्ड, हिमालयन इन्टरनेशनल इनर्जी प्रालि, भोटेकोशी पावर कम्पनी, तारा म्यानेजमेन्ट प्रालि, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप, सूर्य नेपाल लगायतका कम्पनीमा उनको लगानी छ। 

ओबराय होटलमा सिद्धार्थ राणाको ३५ अर्ब लगानी ओबराय होटलमा सिद्धार्थ राणाको ३५ अर्ब लगानी

images

प्रकाशित : शुक्रबार, मंसिर २९ २०८००१:०३

प्रतिक्रिया दिनुहोस