शनिबार, वैशाख १५ गते २०८१    
images
images

ओबराय होटलमा सिद्धार्थ राणाको ३५ अर्ब लगानी

images
images
images
ओबराय होटलमा सिद्धार्थ राणाको ३५ अर्ब लगानी

काठमाडौं र नेपालगञ्जमा निर्माण हुने पाँच तारे ‘डिलक्स’ होटल दुवैको ‘ओबराय’ले व्यवस्थापनमा चलाउने छ। 

images
images

काठमाडौं- सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर राणाले होटलमा लगानी विस्तार गर्ने भएका छन्। राणाको सुप्रभ्य होटल एन्ड रिसोर्ट प्रालिले काठमाडौं र नेपालगञ्जमा पाँच तारे डिलक्स होटल निर्माण गर्न लागेको हो। 

images
images
images

भारतबाट सुरु भएको ‘द ओबराय’ चेनको नाममा राणाले होटल चलाउन लागेका हुन्। काठमाडौंको रबिभवनमा रहेको ४६ रोपनी जाग्गामा भवन निर्माणको काम सुरु भइकसेको छ। नेपालगञ्जमा पनि ५६ बिघा जमिन खरिद गरिसकेको छ। 

images

पहिले काठमाडौंमा भवन निर्माण सम्पन्न गरेर नेपालगञ्जमा सुरु गर्ने तयारी तारा म्यानेजमेन्ट प्रालिले गरेको छ। ४६ रोपनी जग्गामा निर्माण हुने डिलक्स होटलमा म्यानेजमेन्ट भारतको चर्चित चेन होटल ‘ओबराय’ले गर्नेगरी सम्झौता भइसकेको छ। काठमाडौं र नेपालगञ्जमा निर्माण हुने पाँच तारे ‘डिलक्स’ होटल दुवैको ‘ओबराय’ले व्यवस्थापनमा चलाउने छ। 

images

होटल नेपालमा नमूना बनाउने गरी तयारी गरिएको छ। जसको लागि काठमाडौंको होटलमा अन्तर्राष्ट्रिय मापदण्डमा होटल निर्माण हुने छ। होटलमा खासगरी विश्वका धनीहरू र अर्बपतिहरूलाई आकर्षित गर्नेगरी होटलको संरचना र ब्रान्डिङ गरिने छ। 

images
images

काठमाडौंमा ४६ रोपनीमा निर्माण हुने उक्त होटलको लगानी लगानीकर्ताहरूले नखुलाए पनि १५ देखि २० अर्ब रुपैयाँ हुने अनुमान गरेका छन्। जग्गाबाहेक भवनमा मात्रै हुने उक्त ठूलो लगानी नेपालमा हालसम्मकै ठूलो हुने छ। सन् २०२१ बाट प्रारम्भिक निर्माणको काम सुरु गरेका राणाले सन् २०२६ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखेका छन्। सन २०२२ भित्र भवनको बाहिरी संरचना निर्माण गरेपछि भित्री भागको संरचना निर्माण सुरु हुने छ। 

नेपालगञ्जमा भने सन् २०२३ पछि मात्रै निर्माण सुरु गर्ने योजना सिद्धार्थ राणाको छ। उनले व्यवस्थापनलाई काठमाडौंका एउटा आकारमा आएपछि नेपालगञ्जमा सुरु गर्नेगरी तयारी गर्न जिम्मा दिएका छन्। राणाले दुई होटलमा जग्गासहित ३० देखि ३५ अर्ब रुपैयाँको लगानीको लक्ष्य राखिएको छ। 

rabivaban.jpg
काठमाडौंको रवीभवन।

भारतको चर्चित चेन ‘द ओबराय’  

भारतको चर्चित ब्रान्ड ‘द ओबराय’ ग्रुप सन् १९३४ मा स्थापना भएको हो। लक्जरी होटल समूह ओबराय मोहन सिंह ओबरायले स्थापना गरेका हुन्। द ओबराय ग्रुपको केन्द्रीय कार्यालय भारतको दिल्लीमा रहेको छ। 

ओबराय होटल हालसम्म ३३ स्थानमा सञ्चालनमा रहेका छन्। ३१ वटा विलाशी होटल हुन् भने ३ वटा रिभर क्रुज सिपमा छन्।

ओबरायको चेन भारतसहित विभिन्न देशमा रहेका छन्। ओबराय ग्रुपले होटल र रिसोर्टमा मात्र लगानी गर्दै आएको छ। ओबरायको होटल भारतको मुम्बई, जयपुर, दिल्ली, कोलकातालगायत सहरमा सञ्चालनमा छन्। दुबई, साउदी अरब, इजिप्ट, मोरक्को र युरोपका अधिकांश देशमा पनि रहेका छन्।

टाटाबाट उदाएका राणा 

सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर राणा नेपालमा हरेक वर्ष व्यक्तिगततर्फ आयकर तिर्ने उत्कृष्टको सूचीमा पछिल्लो एक दशकदेखि परिरहेका छन्।

पहिलो पटक २०६८/६९ मा सबैभन्दा धेरै व्यक्तिगततर्फ कर तिर्नेमा राणा उत्कृष्ट बनेका थिए। राणा यसवर्षसहित ७ पटक व्यक्तिगत आयकर तिर्नेमा पहिलो बन्दै सम्मानित भएका छ्न्। राणा २०६८/६९, २०६९/७०, २०७१/७२, २०७२/७३, २०७३/७४, २०७४/७५ र २०७६/७७ गरी सात पटक उत्कृष्ट करदाताको सूचीमा पर्दै सम्मानित भएका हुन्। 

राणाको सिप्रदीसँगै हस्पिटालिटी, उत्पादनमूलक उद्योग, जलविद्युत लगायतमा उनको लगानी रहेको छ। सिप्रदी ट्रेडिङ, सिप्रदी इनर्जी, सिप्रदी अर्थमुभर, सिप्रदी अटोपार्ट्स, सिप्रदी अस्योर्ड, हिमालयन इन्टरनेशनल इनर्जी प्रालि, भोटेकोशी पावर कम्पनी, तारा म्यानेजमेन्ट प्रालि, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप, सूर्य नेपाल लगायतका कम्पनीमा उनको लगानी छ। 

बाबुको प्रेरणाले उदाएका सिद्धार्थ  

सिद्धार्थ उमेरले ५४ वर्षका भए। सिद्धार्थले व्यवसायमा आउनुअघि बेलायतको बार्कलेज बैंक र नेपालको स्टान्डर्ड चार्टर्ड बैंकमा काम गरेका थिए। पछि उनले बाबु प्रभाकरको व्यवसाय सम्हाले। नेतृत्वमा आएपछि पनि उनले बाबुको आदर्शलाई छाडेनन्। 

सिद्धार्थ सन् २००१ मा ३४ वर्षको उमेरमा वल्ड इकोनोमिक फोरम, डावोसद्वारा ‘ग्लोबल लिडर फर टुमरो’ का रूपमा सम्मानित भएका थिए। नेपालका ग्रामीण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्छन्।

नेपालमा कुनै बेला करको विवाद उत्कर्षका पुगेको थियो। सोही समयमा सिद्धार्थका बाबु प्रभाकर राणाले समन्वयकारी भूमिका खेलेका थिए। करका मामिलामा सबै व्यवसायीको सोच गलत हुन्न भन्ने सन्देश उनले दिएका थिए। नेपालमा स्वच्छ व्यवसायका ‘पायोनियर’ मानिने प्रभाकरकै पदचाप सिद्धार्थले पक्रिएका हुन्। 

सूर्य नेपालमा समेत राणा परिवारको केही हिस्सा लगानी गरिरहेको छ। सूर्य नेपाल देशकै सफल कम्पनीको सूचीमा अग्रस्थानमा छ। त्यसैले सार्वाधिक कर तिर्ने कम्पनीका रुपमा पटक-पटक सम्मानित हुने गरेको छ। सिद्धार्थले आफ्नो नेतृत्वमा चलिरहेका कम्पनीलाई सकेसम्म कर विवादबाट टाढा राख्न खोजेका छन्। तर, आफ्ना बाबुको विरासतलाई उनले ढल्न दिएका छैनन्।  

सिद्धार्थले नेतृत्व गरेका कम्पनीहरू सफल पनि हुँदै आएका छन्। नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता रहेको कम्पनीले विभिन्न अटो पार्ट्सको पनि बिक्री गर्दै आएको छ।  

टाटाको उत्कृष्ट आधिकारिक बिक्रेताका रुपमा पुरस्कार थाप्ने गरेको छ। वर्षमा ५० अर्बभन्दा बढीको कारोबार गर्ने सिप्रदी व्यवसायिक सवारी साधनमा एक नम्बरमा रहने गरेको छ। पछिल्लो समय प्यासेन्जर कार सेगमेन्टमा पनि पहिलो बन्ने गरी अगाडि बढेको छ। सिद्धार्थ नेतृत्वको कम्पनीको लगानी सोल्टी होटलमा पनि रहेको छ। बाबुले स्थापना गरेको सोल्टीसहित होटल व्यवसायलाई विस्तार गर्न अहिले सिद्धार्थले जोडबल गरेका छन्। 

सोल्टी होटलको चेन नेपालगञ्जमा पनि खुलेको छ। बाबुको प्रयासमा खुलेको कम्पनीले प्रसिद्ध जोन प्लेयर ब्रान्डको कपडाको उत्पादन नेपालमै थालेको थियो। तर राजनीतिक अस्थिरताका कारण उत्पन्न श्रम समस्याले कम्पनी बन्द हुन पुग्यो।

विदेशी लगानीका माध्यमबाट विभिन्न विदेशी प्रविधिलाई नेपालमा ल्याउन उनको घराना सफल छ। विदेशी पुँजी र प्रविधि ल्याएर देशभित्रै रोजगारी सिर्जना गर्न यो राणा परिवारको ठूलो भूमिका छ। भोटेकोशी जलविद्युत आयोजनामा नेपालमा पहिलोपटक जलविद्युतमा प्रत्यक्ष विदेशी लगानी यही परिवारले भित्र्याएको थियो। 

images

प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०४:४५

प्रतिक्रिया दिनुहोस