शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

उचाइतर्फ लाग्यो सेयर बजार, नीतिगत साथले हौसिँदै छन् लगानीकर्ता

images
मंगलबार, मंसिर २६ २०८०
images
उचाइतर्फ लाग्यो सेयर बजार, नीतिगत साथले हौसिँदै छन् लगानीकर्ता
images
images

काठमाडौं- लगातार उतारचढावमा रहँदै यो साता आइतबार सकारात्मक सर्किट लागेर १११.२० अंकले बढेको सेयर बजार सोमबार थामिएर मंगलबार पुन: वृद्धितर्फ लागेको छ। सोमबार १५.४० अंकले घटेको बजारमा मंगलबार पुन: हरियाली देखिएको छ। 

images
images
images

मंगलबार ३६.८६ अंकले बढेर बजार १९८५.४४ बिन्दुमा पुगेको छ। २१४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ३० करोड ९ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ। मंगलबार २४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको हो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। 

images
images

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर कर्जामा नरम देखिएसँगै दोस्रो बजार आइतबार सकारात्मक बनेको थियो। सोमबार करेक्सन देखिए पनि बजारले मंगलबार गति लिएको छ। अब बजार विस्तारै उचाइतर्फ नै लाग्ने विश्लेषकहरू बताउँछन्। 

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसिरहेको थियो। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजार उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहँदा अब भने पुन: उचाइतर्फको संकेत गरेको छ। अहिलेको बजारको अवस्था मौसमी हो या बजारले सही बाटो समात्न लागेको हो भन्ने यकिन गर्न भने समय लाग्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend