शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

चार अर्ब रुपैयाँको नयाँ ट्रेजरी निष्कासन गर्दै राष्ट्र बैंक

images
मंगलबार, मंसिर २६ २०८०
images
चार अर्ब रुपैयाँको नयाँ ट्रेजरी निष्कासन गर्दै राष्ट्र बैंक
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ। मंसिर २५ गते बोलकबोलको मिति तोकिएको १८२ दिने नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो।

images
images
images

राष्ट्र बैंकले योसँगै १० अर्ब ५० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिल पुन: नवीकरण गर्न लागेको हो। जसमध्ये ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल, ४ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल र ३६४ दिने २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। 

images
images

राष्ट्र बैंकले मंसिर १८ गते गरेको बोलकबोलका आधारमा ९१ दिने ट्रेजरी बिलको औषत भारित ब्याजदर २.६२ प्रतिशत, १८२ दिने ट्रेजरी बिलको औषत भारित ब्याजदर ३.३० प्रतिशत कायम गरेको छ।

images
images

यस्तै २८ दिने ट्रेजरी बिलको ब्याजदर १.७५ प्रतिशत र १ वर्षे ट्रेजरी बिलको औषत भारित ब्याजदर ४.७२ प्रतिशत कायम भएको छ। 


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend