शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

चार अर्ब रुपैयाँको नयाँ ट्रेजरी निष्कासन गर्दै राष्ट्र बैंक

मंगलबार, मंसिर २६ २०८०
चार अर्ब रुपैयाँको नयाँ ट्रेजरी निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ। मंसिर २५ गते बोलकबोलको मिति तोकिएको १८२ दिने नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो।

राष्ट्र बैंकले योसँगै १० अर्ब ५० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिल पुन: नवीकरण गर्न लागेको हो। जसमध्ये ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल, ४ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल र ३६४ दिने २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। 

राष्ट्र बैंकले मंसिर १८ गते गरेको बोलकबोलका आधारमा ९१ दिने ट्रेजरी बिलको औषत भारित ब्याजदर २.६२ प्रतिशत, १८२ दिने ट्रेजरी बिलको औषत भारित ब्याजदर ३.३० प्रतिशत कायम गरेको छ।

यस्तै २८ दिने ट्रेजरी बिलको ब्याजदर १.७५ प्रतिशत र १ वर्षे ट्रेजरी बिलको औषत भारित ब्याजदर ४.७२ प्रतिशत कायम भएको छ। 


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend