शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर लकइन पिरियड सकिनु ३० दिन अगाडि नै लगानीकर्तालाई जानकारी गराउन बोर्डको परिपत्र

सोमबार, मंसिर २५ २०८०
सेयर लकइन पिरियड सकिनु ३० दिन अगाडि नै लगानीकर्तालाई जानकारी गराउन बोर्डको परिपत्र

प्रवर्द्धक समूहले सेयर बिक्री गर्न नदिनका लागि अब सूचीकृत कम्पनीहरूले तोकिएको लकइन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिनअघि लगानीकर्ता र सरोकारवालाहरूलाई जानकारी गराउनु पर्नेछ।

काठमाडौं- नेपाल धितोपत्र बोर्डले संस्थापक सेयरको लकइन पिरियड खुलेको जानकारी दिन निर्देशन दिएको छ।

बोर्डले नेप्सेमा सूचीकृत प्रवर्द्धक समूह र अन्य संस्थाहरूको सेयरको लकइन अवधिको खुल्ने समय ३० अगाडि नै जानकारी दिन निर्देशन दिएको हो। बोर्डले नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ र सम्पूर्ण सूचीकृत संस्थाहरुलाई निर्देशन दिँदै लकइन पिरियड सकिनु ३० दिन अगाडि नै लगानीकर्तालाई सोको जानकारी दिन परिपत्र गरेको हो।

बैंक र बिमाबाहेक नेप्सेमा सूचीकृत कम्पनीको संस्थापक सेयर बाँडफाँट भएको मितिले ३ वर्षसम्म बिक्री गर्न नपाइने प्रावधान छ। बिना जानकारी लकइनको सेयर ठूलो संख्यामा आएर कारोबार हुँदा सेयर बजारमै असर गरेको तथा साना लगानीकर्ता मारमा परेको भन्दै बोर्डले जानकारी गराउन निर्देशन दिएको हो।

बोर्डले धितोपत्र ऐन, २०६३ को दफा ८७ बमोजिम लगानीकर्ता र सरोकारवालाहरूलाई महत्त्वपूर्ण जानकारी प्रदान गर्ने लक्ष्य राख्दै राम्रोसँग सूचित र संगठित बजार वातावरण सुनिश्चित गर्न दिर्नेशन दिएको हो। 

प्रवर्द्धक समूहले सेयर बिक्री गर्न नदिनका लागि अब सूचीकृत कम्पनीहरूले तोकिएको लकइन अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिनअघि लगानीकर्ता र सरोकारवालाहरूलाई जानकारी गराउनु पर्नेछ। अब सूचीबद्ध कम्पनीहरूले नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई लकइन अवधि समाप्त भएको बारे तुरुन्त सूचित गर्नुपर्ने भएको छ।

बोर्डले सार्वजनिकरुपमा जानकारी गराउँदा लकइनमा रहेको सेयर संस्थापक हो कि स्थानीय प्रभावित हो, लकइनमा रहेको सेयर संख्या र लक इन अवधि समाप्त हुने मितिसमेत स्पष्टरुपमा खुलाएर सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने जनाएको छ। 

SEbon.jpg

सो सूचना एक हप्तासम्म सबैले सहजै देख्न सक्ने गरी संम्बन्धित संस्थाले आफ्नो वेवसाइटमा समेत राख्नुपर्ने बोर्डको निर्देशनमा उल्लेख छ। सुचीकृत कम्पनीले पठाएको लकिङ अवधिसम्बन्धी सूचना नेपाल स्टक एक्सचेन्ज र सिडिीएसले पनि आफ्नो वेवसाइटमा कम्तिमा १ हप्ता राख्न सेबोनको निर्देशनमा उल्लेख छ। 


प्रकाशित : सोमबार, मंसिर २५ २०८०१६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend