शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

पौने ५ अर्बको कारोबारले सेयर बजारमा थपिएको उत्साह, १० करोडभन्दा बढी कारोबार हुने यी ८ कम्पनी

अल्पकालीन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लाग्दा सानो अंकको करेक्सन

सोमबार, मंसिर २५ २०८०
पौने ५ अर्बको कारोबारले सेयर बजारमा थपिएको उत्साह, १० करोडभन्दा बढी कारोबार हुने यी ८ कम्पनी

८१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- लगातार उतारचढावमा रहँदै आइतबार सकारात्मक सर्किट लागेर १११.२० अंकले बढेको सेयर बजार सोमबार १५.४० अंकले घटेर बन्द भयो। आइतबारको कारोबार उच्च अंकले बढेपनि सोमबार अल्पकालीन लगानीकर्ताहरू हावी भएर नाफा सुरक्षित गर्नतर्फ लाग्दा करेक्सन देखिएको छ।

८१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ। सोमबार दुई घण्टामै तीन अर्ब रुपैयाँको कारोबार भइसकेको थियो। यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबर भएको थियो। योसँगै आज सोमबारको कारोबार पाँच महिनायताकै धेरै हो। 

बजार उच्च अंकमा पुग्दा २२ अर्ब रुपैयाँसम्म पुगेको कारोबार बजार घट्न थालेपछि एक अर्बबाट पनि घटेर करोडमा सीमित भएको थियो। सोमबारको कारोबारको संकेतले बजार बढ्नेतर्फ देखिन्छ। 

सोमबार ३ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ। यसदिन बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त र डोल्टी पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, हाथवे इन्भेष्टमेन्ट कम्पनी, इन्फिनिटी लघुवित्त र मानुषि लघुवित्तको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएको समता घरेलु लघुवित्तको सेयरमूल्य भने सोमबार सर्वाधिक ७.१५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सोमबार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २५ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

त्यसैगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै तेस्रोमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ५६ लाख, चौथोमा माउन्टेन इनर्जी १४ करोड ४० लाख, शिवम् सिमेन्टको १३ करोड ७३ लाख सानिमा जनरल इन्स्योरेन्सको १२ करोड २१ लाख, सन लाइफ इन्स्योरेन्सको ११ करोड ४७ लाख, सोल्टी होटलको १० करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। 

top tunover.JPG
बढी कारोबार हुने ८ कम्पनी

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर कर्जामा नरम देखिएसँगै दोस्रो बजार आइतबार सकारात्मक बनेको थियो। सोमबार करेक्सन देखिए पनि बजारले अब विस्तारै गति समात्ने र उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्। 

राष्ट्र बैंकको पहिलो मौद्रिक समीक्षामार्फत ५० लाखभन्दा बढी सेयर कर्जाको जोखिमभार १५० बाट १२५ मा झारेको छ। यस व्यवस्थाले सेयर बजारको क्षेत्रमा कर्जा प्रवाह बढ्ने देखिएको छ। योसँगै सेयर बजार बढ्ने अपेक्षा गरिएको छ।


प्रकाशित : सोमबार, मंसिर २५ २०८०१६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend