शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

साना लगानीकर्तामाथि बोर्ड अध्यक्ष हमालको बदनियत, १० कित्तासम्बन्धी नीति हटाउन समिति गठन

सोमबार, मंसिर २५ २०८०
साना लगानीकर्तामाथि बोर्ड अध्यक्ष हमालको बदनियत, १० कित्तासम्बन्धी नीति हटाउन समिति गठन

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले सर्वसाधारणलाई दिइने १० कित्ता सेयरको नीति पुनरावलोकन गर्ने तयारी थालेका छन्।

हाल सर्वसाधारणले कुनै पनि कम्पनीको सेयर खरिद गर्न न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउँछन्। उक्त व्यवस्था परिवर्तन गर्नका लागि बोर्ड अध्यक्ष हमालले तयारी अगाडि बढाएका हुन्।

हमालले साना लगानीकर्तामाथि बदनियत राख्दै १० कित्तासम्बन्धी नीति हटाउने तयारी थालेका हुन्। उनले सर्वसाधारणले १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था हटाएर सम्पन्नहरूलाई मात्रै सेयर बिक्री गर्ने नीति ल्याउने तयारी गरेका छन्।

१० कितासम्बन्धी नीति परिवर्तनका लागि धितोपत्र बोर्ड सञ्चालक सदस्य प्रविणकुमार झाको संयोजकत्वमा समिति गठन भएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिएका छन्। उक्त समितिमा अर्का विज्ञ सञ्चालक भोलानाथ ढुंगाना सदस्य रहेका छन्। 

यस्तै अन्य सदस्यहरूमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र डेपुटी कार्यकारी निर्देशनक अम्बिकाप्रसाद गिरीसमेत रहेका छन्।

'१० कित्ते नीति पुनरावलोकनको लागि प्रविण कुमार झाको संयोजकत्वमा भोलानाथ ढुंगानासहितको समिति बनेको छ', श्रेष्ठले बताए। झा नेपाल चार्टर्ड एकाउन्टेण्ड संघका उपाध्यक्ष हुन्। 

 


प्रकाशित : सोमबार, मंसिर २५ २०८०१४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend