आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

‘नाइन्टी नाइन सेक्सन नेपाल’को फ्रेन्ड्स अफ विंग्स कार्यक्रम सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २५ २०८०
images
‘नाइन्टी नाइन सेक्सन नेपाल’को फ्रेन्ड्स अफ विंग्स कार्यक्रम सम्पन्न

विद्यार्थीलाई छात्रवृत्ति दिने देखि लिएर उड्डयन क्षेत्रमा पनि महिला उत्तिकै सक्षम हुन्छन् भनेर संस्थाले उत्प्रेरित गर्दै आएको छ।

images
images

काठमाडौं- महिला पाइलटहरुको संस्था ‘नाइन्टी नाइन सेक्सन नेपाल’ले गत हप्ता विंग्स अफ फ्रेन्डसिप कार्यक्रम सम्पन्न गरेको छ। 

images
images
images

डिसेम्बर ५ देखि ८ सम्म विभिन्न कार्यक्रम गर्दै नाइन्टी नाइन सेक्सन नेपालले उक्त इभेन्ट सम्पन्न गरेको हो। संस्थाले गरेका काम र मुख्य अवधारणा अनुसारका गतिविधिको अवलोकन, प्रभावको मूल्यांकन र जनचेतामूलक कार्यक्रम गर्दै सम्पन्न भएको संस्थाले जानकारी दिएको छ। 

images
images

पाइलट महिलाहरू सक्रिय रहेको नाइन्टी नाइन सेक्सन एउटा अन्तर्राष्ट्रिय संस्था हो। सन् १९२९ मा स्थापना भएको यो संस्थामा नेपालसहित ४४ देशका पाइलटहरू सदस्य रहेका छन्। ककपिटदेखि भान्सासम्म विभिन्न क्षेत्रमा महिला सशक्तिकरणका लागि काम गर्दै आएको छ। शिक्षा, सुरक्षा र संस्कृति पहिचानको  खोजी तथा सहभागिताका लागि यो संस्थाले काम गर्छ।

images
images

विद्यार्थीलाई छात्रवृत्ति दिने देखि लिएर उड्डयन क्षेत्रमा पनि महिला उत्तिकै सक्षम हुन्छन् भनेर संस्थाले उत्प्रेरित गर्दै आएको छ। 

नेपाल सेक्सनले पनि यस्तै काम गर्दै आएको छ।  कर्णालीका विद्यार्थीलाई छात्रवृत्ति, पूर्वी नेपालका शिक्षकहरूलाई तालिम तथा सुर्खेत विमानस्थलमा युरोगार्ड  जडान गरिएको संस्थाले जानकारी दिएको छ। 

विभिन्न इभेन्टबाट कोष जम्मा गरेर कल्याणकारी काममा खर्च गर्दै आएको संस्थाले गत हप्ताको उक्त इभेन्टमा विभिन्न क्षेत्रको भ्रमण तथा मिटिङ गरेको थियो। 

यो सेक्सनका सदस्यहरू डिसेम्बर ५ मा पनौति पुगेका थिए। समग्र सशक्तिकरण अवधारणाको अवलोकन गर्दै भक्तपुरको संस्कृतिको जगेनर्नाको अवलोकन पनि गरेको थियो। त्यस्तै काठमाडौं महानागरको उपप्रमुख सुनिता डंगोलसँग भेटघाटा पनि भएको थियो। 

यो संस्थाको मुख्य उद्देश्य अनुसार यस्ता इभेन्ट आयोजना हुँदै आएको छ। भान्सादेखि ककपिटसम्म सबैले उत्तिकै अवसर पाउनुपर्छ र त्यसका लागि सक्षम बनाउँदै जानुपर्छ भन्ने अवधारणामा यसले गकाम गर्छ। 

 

 

 


प्रकाशित : सोमबार, मंसिर २५ २०८०१३:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend