काठमाडौं- मुलुककै सबैभन्दा ठूलो आन्तरिक हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरको नियमित उडानमा १७ वटा जहाज भएका छन्।
हालमैमात्र थपिएको बुद्धको जहाजबाट आजदेखि उडान सुरू भएपछि १७ वटा पुगेका हुन्।
आन्तरिक उडानमा दुई तिहाई बजार हिस्सा ओगट्ने बुद्धको यो थपिएको जहाजले आजदेखि काठमाडौं-तुम्लिङटारमा पहिलो उडान गरेको छ। यो उडानमा ५९ जना यात्रु रहेका थिए।
बुद्धसँग अब ७२ सिट क्षमताका एटीआर-७२ जहाज १४ पुगेका छन्। त्यस्तै एटीआर-४२ जहाज ३ वटा रहेका छन्।