शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

१११ अंकको वेगले रोकियो सेयर कारोबार

६ प्रतिशतको सकारात्मक सर्किट ब्रेक

आइतबार, मंसिर २४ २०८०
१११ अंकको वेगले रोकियो सेयर कारोबार

आज १११.२० अंकमा पुगेर सेयर करोबार स्थगित भएको छ। जम्मा १० मिनेट कारोबार भएको नेप्से १९६३.६८ अंकको बिन्दुमा पुगेको छ।

काठमाडौं- मौद्रिक नीतिको पहिलो समीक्षासँगै सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ।

समीक्षापछि पहिलो कारोबार दिन आइतबार सेयर बजार १० मिनेट कारोबार भएर बन्द भएको छ। नेप्सेले तोकेको ६ प्रतिशतको सकारात्मक सर्किटब्रेकसँगै कारोबार बन्द भएको हो। 

आइतबार कारोबार सुरु भएको ५ मिनेटमा ४ प्रतिशतले बजार बढेपछि कारोबार २० मिनेटलाई रोकिएको थियो। आइतबार कारोबार सुरु भएको ५ मिनेटमै ७४.२० अंकले सेयर बजार बढेको थियो। पहिलो सर्किट ब्रेकपछि पुन: कारोबार सुरु भएको सेयर बजार थप १ प्रतिशत बढेपछि दोस्रो सर्किट ब्रके लागेको थियो। 

नेप्सेको नियमअनुसार कारोबार भएको १ घण्टामा ४ प्रतिशतले बजार बढेमा २० मिनेटका लागि कारोबार बन्द हुन्छ। यस्तै २ घण्टाभित्रमा ५ प्रतिशतले बढेमा ४० मिनेट र बजार ६ प्रतिशतले बढेमा त्यो दिनका लागि कारोबार स्थगित हुन्छ।

पहिलो सर्किट ब्रेकपश्चात् कारोबार सुरु हुनासाथ थप १ प्रतिशतले बढेर ९२.७३ अंकको बिन्दुमा बजार पुगेपछि दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किट लागेको ४० मिनेटपछि कारोबार हुनसाथ सेयर बजार थप १ प्रतिशतले बढ्दै आजका लागि कारोबार स्थगित भएको छ।

आज १११.२० अंकमा पुगेर सेयर करोबार स्थगित भएको छ। जम्मा १० मिनेट कारोबार भएको नेप्से १९६३.६८ अंकको बिन्दुमा पुगेको छ। २३० कम्पनीको सेयर कारोबार भएको नेप्सेमा २२७ कम्पनीको सेयर बढेको छ। यस्तै दुई कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको कारोबार स्थिर छ।

आज नेप्सेमा ४८ करोड २५ लाख रुपैयाँ सेयर कारोबार भएको छ। 


प्रकाशित : आइतबार, मंसिर २४ २०८०१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend