शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

राष्ट्र बैंकको नीतिसँगै सेयर बजारमा उछाल, तीन वर्षपछि सकारात्मक सर्किट

आइतबार, मंसिर २४ २०८०
राष्ट्र बैंकको नीतिसँगै सेयर बजारमा उछाल, तीन वर्षपछि सकारात्मक सर्किट

आइतबार कारोबार सुरु भएको ५ मिनेटमै ७४.२० अंकले बजार बढेको छ।

काठमाडौं- घट्दो ट्रेण्डमा छिरेको तीन वर्षपछि बल्ल सेयर बजारमा उछाल आएको छ। नेपाल राष्ट्र बैंकले नीतिगत दरमा परिवर्तन गरेसँगै आइतबार सेयर बजारमा उछाल आएको हो।

आइतबार कारोबार सुरु भएको ५ मिनेटमा ४ प्रतिशतभन्दा बढी बजार बढेपछि कारोबार २० मिनेटलाई रोकिएको छ। आइतबार कारोबार सुरु भएको ५ मिनेटमै ७४.२० अंकले बजार बढेको छ। दोस्रो बजारमा अहिले १९२६.९८ बिन्दुमा रोकिएको छ। 

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षामा सेयर कर्जामा नरम देखिएसँगै दोस्रो बजार सकारात्मक बनेको हो। लगानीकर्ता पनि पनि उत्साहित देखिएका छन्।

सेयर कर्जाको जोखिम भार मात्र नभएर ब्याजदर घटाउने गरी नीतिगत दरसमेत घटाएकाले सेयर बजार सकारात्मक हुने अनुमान विश्लेषकहरुले गरेका थिए।

राष्ट्र बैंकको पहिलो मौद्रिक समीक्षामार्फत ५० लाखभन्दा बढी सेयर कर्जाको जोखिमभार १५० बाट १२५ मा झारेको छ। यस व्यवस्थाले सेयर बजारको क्षेत्रमा कर्जा प्रवाह बढ्ने देखिएको छ। योसँगै सेयर बजार बढ्ने अपेक्षा गरिएको छ।

२०७८ सालको मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जामा जोखिमभार १०० बाट बढाएर १५० प्रतिशत पुर्‍याएको थियो। उक्त व्यवस्थालाई पुनरावलोकन गर्दै राष्ट्र बैंकले १२५ प्रतिशतमा झरेको छ। जोखिमभार घटेकाले पुँजी कोषमाथिको दबाब पनि कम हुने भएकाले उक्त क्षेत्रहरूमा कर्जा लगानी बैंक वित्तीय संस्थाको प्राथमिकतामा पर्ने भएको छ।


प्रकाशित : आइतबार, मंसिर २४ २०८०११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend