शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

आन्तरिक रेमिट्यान्स पुन: खुल्ने

शुक्रबार, मंसिर २२ २०८०
आन्तरिक रेमिट्यान्स पुन: खुल्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बन्द रहेको आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्ने भएको छ। बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत आन्तरिक रेमेट्यान्स खोल्ने जनाएको हो।

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७९ मार्फत माघदेखि राष्ट्र बैंकले हुन्डीलगायतका कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स कारोबार हटाएको थियो।

सोभन्दा अगाडि राष्ट्र बैंकले २०७८ फागुनदेखि आन्तरिक रेमिट्यान्स कारोबारमा १ लाखको सीमालाई घटाएर २५ हजार बनाएको थियो।

पुन: अहिले आन्तरिक रेमिट्यान्स खुला गर्ने नीति लिएको हो। मौद्रिक नीतिको समीक्षामार्फत बैंकले स्थानीय विप्रेषण कारोबारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने बताएको छ।


प्रकाशित : शुक्रबार, मंसिर २२ २०८०१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend