शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर र रियल स्टेटमा जाने कर्जामा जोखिम भार घट्यो

शुक्रबार, मंसिर २२ २०८०
सेयर र रियल स्टेटमा जाने कर्जामा जोखिम भार घट्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत सेयर र रियल स्टेट कर्जालाई खुकुलो बनाएको छ। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाइ १२५ प्रतिशत कायम गरिने छ। विगतमा १५० प्रतिशतको जोखिम भारलाई घटाएर १२५ मा झारेको हो।

५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाइ ६० प्रतिशत पुर्‍याएकाे छ। योसँगै राष्ट्र बैंकले रियल स्टेट कर्जा र सेयर कर्जामा नरम हुने नीति लिएको हो। 


प्रकाशित : शुक्रबार, मंसिर २२ २०८०११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend