शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३
मौद्रिक नीतिको समीक्षा

ब्याजदर घटाउन राष्ट्र बैंकको सन्देश, नीतिगत दर र बैंक दर घट्यो

शुक्रबार, मंसिर २२ २०८०
ब्याजदर घटाउन राष्ट्र बैंकको सन्देश, नीतिगत दर र बैंक दर घट्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको सञ्चालक समितिको बैठकले उक्त नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो।

मौद्रिक नीतिको पहिलो समीक्षामार्फत नीतिगत दर घटाएको छ। त्रैमासिक समीक्षामार्फत यसअघि ६.५ प्रतिशत रहेको नीतिगत दर घटाउँदै राष्ट्र बैंकले ५.५ प्रतिशत कायम गरेको छ। यस्तै बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गरेको छ।

राष्ट्र बैंकले निक्षेप संकलन दर पनि १.५ प्रतिशतले घटाएर ३ प्रतिशतमा कायम गरेको छ। साथै अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखेको छ।

पछिल्लो आन्तरिक एवम बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई थप लचिलो बनाइएको राष्ट्र बैंकले जनाएको छ। जसबाट आन्तरिक आर्थिक स्थिति सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकको छ।

यस्तो छ पहिलो त्रैमासिक समीक्षा


प्रकाशित : शुक्रबार, मंसिर २२ २०८०११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend