शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

मौद्रिक नीति खुकुलो पार्न अर्थमन्त्रीको सुझाव, कस्तो आउला समीक्षा?

शुक्रबार, मंसिर २२ २०८०
मौद्रिक नीति खुकुलो पार्न अर्थमन्त्रीको सुझाव, कस्तो आउला समीक्षा?

कतिपय मनोवैज्ञानिक प्रभाव पार्ने नीतिगत परिवर्तनले पनि धेरै फरक पार्ने भन्दै अर्थमन्त्री महतले यसमा काम गर्न गभर्नरलाई सुझाव दिएका हुन्।

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा आज ल्याउँदैछ। समीक्षाका लागि अहिले राष्ट्र बैंकको बोर्ड बैठक बसिरहेको छ। 

मौद्रिक नीतिको समीक्षाका लागि बैठक बस्नुअघि अर्थमन्त्री प्रकाशशरण महतले बोर्डलाई सुझाव दिएका छन्। महतले मौद्रिक नीतिलाई खुकुलो पार्नेगरी समीक्षा ल्याउन सुझाव दिएका छन्। 

मन्त्री निकट स्रोतका अनुसार महतले मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन सुझाव दिएका छन्। बिहीबार गर्भनरसहितको राष्ट्र बैंक बोर्ड सदस्यहरूलाई अर्थ मन्त्रालयमा बोलाएर मन्त्री महतले सुझाव दिएका थिए। 

घर जग्गा, सेयर बजारलगायत अन्य कारोबारमा सहज हुने मौद्रिक नीति खुकुलो पार्न महतले सुझाव दिएका हुन्। 

मौद्रिक स्रोत पर्याप्तमात्र होइन थपिँदै गएपनि कर्जा प्रवाह नहुँदा बजार शिथिल भइरहेको छ। बजार शिथिल हुँदा अर्थतन्त्रको चक्र नै शुस्त भएको छ। यस्तोमा कर्जा प्रवाह बढाउनेगरी नीतिगत काम गर्न राष्ट्र बैंकलाई मन्त्री महतले सुझाव दिएका हुन्। 

कतिपय मनोवैज्ञानिक प्रभाव पार्ने नीतिगत परिवर्तनले पनि धेरै फरक पार्ने भन्दै महतले यसमा काम गर्न गभर्नरलाई सुझाव दिएका हुन्। 


प्रकाशित : शुक्रबार, मंसिर २२ २०८०१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend