शुक्रबार, असोज ४ गते २०८१    
images
images

कोरोनाको नयाँ ओमिक्रोन भेरिएन्टका कारण बेलायतद्वारा ६ देशसँगको उडान सेवा बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर ११ २०७८
images
images
कोरोनाको नयाँ ओमिक्रोन भेरिएन्टका कारण बेलायतद्वारा ६ देशसँगको उडान सेवा बन्द

नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस भन्ने उद्धेश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरू स्थगित गरेको हो।

images
images

लण्डन- बेलायतले कोरोनाभाइरसको नयाँ भेरिएन्ट पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ। 

images
images
images

यही शुक्रबार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत बन्द गर्ने निर्णय गरिएको बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले जानकारी दिए। 

ओमिक्रोन नाम दिइएको नयाँ भेरिएन्टको कोरोना भाइरस भेटिएको पुष्टि भएका र भेटिन सक्ने खतरा रहेका देशहरूबाट हुने उडान बेलायतमा प्रतिबन्ध लगाइएको हो। 

नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस भन्ने उद्धेश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरू स्थगित गरेको हो।

images

अधिकारीहरूका अनुसार अहिलेसम्म सो नयाँ भाइरस दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी तीन देशमा कुल ५९ जनामा मात्रै पुष्टि भएको छ।

अहिलेसम्म पुष्टि भएका मध्ये सबैभन्दा खतरापूर्ण भइरस भएकाले र अहिले खोपले पनि काम गर्न नसक्ने भएकाले बेलैमा उच्च सतर्कता अपनाउनु परेको अधिकारीहरूको भनाइ छ। 

त्यसैगरी पछिल्लो १० दिनभित्र ती देशमा गएर फर्किएका यात्रुलाई पनि बेलायत प्रवेशमा रोक लगाइएको छ। 

तर बेलायती नागरिकलाई भने उच्च सतर्कताका साथ परीक्षण गराएर क्वारेन्टिनमा राखेर मात्रै गन्तव्यमा जान पाउने व्यवस्था गरिएको छ। रासस/सिन्ह्वा


प्रकाशित : शनिबार, मंसिर ११ २०७८०९:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend