आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

राजा महेन्द्रले देवघाट प्रवेशद्वारमा बनाएको दियालो बंगला सर्वसाधारणको लागि खुला हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २१ २०८०
images
राजा महेन्द्रले देवघाट प्रवेशद्वारमा बनाएको दियालो बंगला सर्वसाधारणको लागि खुला हुँदै

ऐतिहासिक यो दरबार सर्वसाधारणको पहुँचभन्दा बाहिर छ। शान्त एवं रमणीय यो बंगलाको पश्चिम भएर बग्ने नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छ भने दरबारको बगैँचाले जोकोहीलाई आकर्षित गर्छ।

images
images

चितवन- भरतपुर महानगरपालिकाको आग्रहपछि देवघाट प्रवेशद्वारमा रहेको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ।

images
images
images

नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो। सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा अर्काे बैठकमा निर्णय गरिँदै छ।

images
images

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ। महानगरपालिकाको अनुरोधमा दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको उनले जानकारी दिए। उनका अनुसार भरतपुर महानगरपालिकासँग सहकार्य गरेर सर्वसाधारणका लागि प्रवेशको व्यवस्था मिलाइने छ। जीर्ण रहेको संरचनाको मर्मतसम्हार र अत्यावश्यक थप संरचनासमेत निर्माण गरेर खुला गरिने उनको भनाइ छ।

images
images

सञ्चालक सदस्य उपाध्याय भने, 'भरतपुर भ्रमण वर्षमा सर्वसाधारणले दियालो बंगला हेर्न पाउँछन्।' ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका हुन्। तत्कालीन राजा महेन्द्रको निधन भएको दियालो बंगला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे। अहिले यस दरबार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी व्यवस्थापनका लागि छन् भने सुरक्षा तथा संरक्षण नेपाली सेनाले गर्दै आएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा थप महत्वपूर्ण गन्तव्य दियालो बंगला दरबारलाई बनाइएको बताइन्। महानगरले लिखितरुपमा नेपाल ट्रष्टलाई आग्रह गरेपछि खुला गर्ने निर्णय गरिएको हो। नगरप्रमुख दाहालले नेपाल ट्रष्टसँग सहकार्य गरेर सर्वसाधारणका लागि दियालो बंगला खुला हुने बताइन्। उनले भनिन्, 'भ्रमण वर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ।'

नेपाल ट्रष्ट प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्दछ। महानगरले दियालो बंगलालाई खुला गर्न अधिकतम प्रयास गरेपछि ट्रष्टले निर्णय गरेको हो।

के छ दरबारमा?

दियालो बंगला क्षेत्र देवघाट प्रवेशद्वारमा छ। ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोगविहीन भएकाले ओझेलमा छ। दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ। जसको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ। भर्‍याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ। भित्तामा बाघको टाउको राखिएको छ।
 
दरबारमा पाँचवटा खोपी छन्। १ नम्बरको खोपी मुमा रत्नराज्यको हो भने २ नम्बरको राजा र ३ नम्बरको रानी तथा ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका हुन्। सबै खोपीमा भित्रै शौचालय पनि छ। राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको त्यस्तै राखिएको छ। दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि आवास पनि छ। साथै सो क्षेत्रमा ‘ग्यारेज’ र त्यसको छेउमा ‘स्वीमिङ पुल’पनि छ।
 
ऐतिहासिक यो दरबार सर्वसाधारणको पहुँचभन्दा बाहिर छ। शान्त एवं रमणीय यो बंगलाको पश्चिम भएर बग्ने नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छ भने दरबारको बगैँचाले जोकोहीलाई आकर्षित गर्छ। रासस


प्रकाशित : बिहीबार , मंसिर २१ २०८००९:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend