शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

बैंकको नाफा घट्दा दोस्रो बजारका लगानीकर्ता मारमा, १० बैंकको सेयर मूल्य २ सय रुपैयाँबाट झर्‍यो

बिहीबार , मंसिर २१ २०८०
बैंकको नाफा घट्दा दोस्रो बजारका लगानीकर्ता मारमा, १० बैंकको सेयर मूल्य २ सय रुपैयाँबाट झर्‍यो

काठमाडौं- लामो समयदेखि सेयर बजार घट्दो ट्रेण्डमा जाँदा अधिकांश कम्पनीको सेयर मूल्य न्यून भएका छन्। लाभांश र दीर्घकालीन लाभका हिसाबले दोस्रो बजारका लगानीकर्ताको आकर्षण वाणिज्य बैंकमा हुने गर्दछ।

पछिल्लो समय सेयर बजार घट्दो ट्रेण्डमा जाँदा अधिकांश वाणिज्य बैंकहरूको सेयर मूल्य २ सय रुपैयाँभन्दा तल झरेको छ। मर्जर तथा प्राप्तिपछि नेप्सेमा १९ वाणिज्य बैंकको सेयर कारोबार हुने गर्दछ। सूचीकृत १९ वाणिज्य बैंकमध्ये १० बैंकको सेयर मूल्य २ सय रुपैयाँभन्दा तल आएको छ।

नेप्सेका अनुसार कुमारी बैंक, प्रभु बैंक, सिटिजन्स बैंक,नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र हिमालयन बैंकको सेयर मूल्य २ सयभन्दा तल झरेको हो। यी बैंकहरूमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको सेयर मूल्य छ। बुधबार कुमारी बैंकको सेयर मूल्य प्रतिकित्ता १४९.६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

कुमारीपछि सस्तो सेयर मूल्य प्रभु बैंकको छ। प्रभुको सेयर मूल्य प्रतिकित्ता १५६ रुपैयाँमा कारोबार भएको छ। सेयर मूल्य कम भएकामध्ये अधिकांश मर्जरमा गएका बैंक छन्।  

बैंकमध्ये सबैभन्दा धेरै सेयर मूल्य रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य प्रतिकित्ता ५०६ कायम भएको छ। सबैभन्दा धेरै सेयर मूल्य भएको बैंकको सूचीमा दोस्रोमा रहेको नबिल बैंकको सेयर मूल्य ५०५ रुपैयाँ रहेको छ। 

मर्जरपश्चात बढेको पुँजीअनुसार व्यापार वृद्धि गर्न नसक्दा यी बैंकहरूको प्रतिसेयर आम्दानीसँगै सेयर मूल्य पनि तल झरेको हो। बैंकको कमाइको तुलनामा आम्दानी कम हुँदा प्रतिफल घट्दो दरमा छ।

गत आर्थिक वर्ष (आव)को मुनाफाबाट हालसम्म १० वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन्। एनएमबि बैंकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ। आठ बैंकले लाभांश घोषणा गर्न बाँकी छ।

कुनको सेयर मूल्य कति? 

कुमारी बैंक :          १४९.६ रुपैयाँ

प्रभु बैंक :               १५६ रुपैयाँ

सिटिजन्स बैंक :       १६०.८ रुपैयाँ

इन्भेष्टमेन्ट मेगा बैंक :       १७४.७ रुपैयाँ

लक्ष्मी सनराइन बैंक :       १७६.५ रुपैयाँ

माछापुछ्रे बैंक:                १८३ रुपैयाँ

प्राइम बैंक :              १८७.५ रुपैयाँ

ग्लोबल आईएमई बैंक :    १९०.५ रुपैयाँ

एनएमबी बैंक :               १९४.३ रुपैयाँ

हिमालयन बैक:         १९८.५ रुपैयाँ


प्रकाशित : बिहीबार , मंसिर २१ २०८००९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend