शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

लगातार ओरालो लागिरहेको सेयर बजार उतारचढावबीच सामान्य वृद्धितर्फ

बुधबार, मंसिर २० २०८०
लगातार ओरालो लागिरहेको सेयर बजार उतारचढावबीच सामान्य वृद्धितर्फ

काठमाडौं- उतारचढावबीच केही दिन वृद्धि र केही दिन गिरावट भइरहेको सेयर बजार पछिल्ला ७ कारोबारमा घटेर आठौँ कारोबारमा सामान्य वृद्धितर्फ देखिएको छ। गएको साता पहिलो कारोबारको वृद्धिपछि ओरालोतिर लागेको बजार अहिले सम्हालिएको हो।

गएको साता आइतबार ४७ अंकले बढेको बजार त्यसपछिका चार कारोबारमा ४९ अंकले घटेको थियो। यो साता पनि लगातार तीन कारोबारमा बजार घटेको थियो। यो साता आइतबार ७.२९ अंकले घटेको बजार सोमबार ३.४२ अंकले घटेको थियो। मंगलबार पुन: १०.१० अंकले घटेर बजार १८३७.७१ बिन्दुमा झरेको थियो।

उतारचढावबीच बुधबार ३.३३ अंकले बढेर बजार १८४१.०४ बिन्दुमा पुगेको छ। १२१ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब १४ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ। १०६ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसेकोमा अहिले १८०० बिन्दुनजिक पुगेको छ।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै ओरालो यात्रा नै बढिरहेको छ। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन। सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्।

बजारको आकार, लगानीकर्ताको संख्या र कारोबार बढिरहँदा नियामकीय क्षमता भने त्यसअनुरूप नबढेको र अहिलेकै अवस्थामा ठूलो सुधारको अपेक्षा गर्न नसकिने संगठित लगानीकर्ताहरूले बताउने गरेका छन्। नियामकीय तालमेलको अभाव भइरहेको उनीहरूको भनाइ छ।


प्रकाशित : बुधबार, मंसिर २० २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend