काठमाडौं- नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर एकल अंकमा ल्याउँदा टिकाउन नसकिने बताएका छन्।
संसदको अर्थसमितिमा बुधबार भएको छलफलमा उनले ब्याजदर एकल अंकमा आउनासाथ आयात बढ्ने र यसले सञ्चितिमा दबाब पर्ने बताए।
अर्कोतर्फ ब्याजदर एकल अंकमा आउनसाथ घरजग्गालगायत सम्पत्तिको मूल्य बढ्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने उनको भनाइ छ।
आन्तरिक उत्पादन कमजोर रहेकाले एकल अंकमा ब्याजदर ल्याउँदा फाइदा नपुग्ने भन्दै उनले भने, 'डिपार्टमेन्ट स्टोरलगायतका ठूला व्यवसायहरू, सञ्चालनमा रहेका खुद्रा व्यवसायहरू अहिले समस्यामा परेको छन्।'
अर्थ समितिमा सांसदहरूले राखेको जिज्ञासामा राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक श्रेष्ठले जवाफ दिएका हुन्।
अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थसमितिमा छलफल, गभर्नर अधिकारीसमक्ष सांसदका यस्ता सुझाव