काठमाडौं- सद्गुरुलाई नेपालको पर्यटन सद्भावना दूत बन्न नेपाल पर्यटन बोर्डले प्रस्ताव गरेको छ।
योगगुरु रामदेवलाई दूत बन्न प्रस्ताव गरेको बोर्डले सद्गुरुलाई पनि नेपाली पर्यटन दूत बन्न प्रस्ताव गरिसकेको छ।
यसअघि नै नेपाल आएका सद्गुरुसँग भेट गर्दै पर्यटन बोर्डले यस्तो प्रस्ताव गरेको हो।
'उहाँका धेरै अनुयायीहरु छन्। उहाँले नेपालको हिमालय तथा प्राकृतिक सुन्दरताो प्रबर्द्धन गर्नसक्नुहुन्छ' बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले भने।