शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ : गभर्नर अधिकारी

बुधबार, मंसिर २० २०८०
बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ : गभर्नर अधिकारी

गत वर्ष ५० अर्ब तरलता रहेकोमा यो वर्ष २ खर्ब पुगेको उनले जानकारी दिए।

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली दबाबमुक्त रहेको बताएका छन्। 

गत वर्षको तुलनामा स्रोतको उपलब्धता बढेकाले गर्दा सुविधाजनक अवस्था सिर्जना हुँदै गएको उनको भनाइ छ। 

प्रशस्त तरलता रहेकाले लगानीका लागि स्रोतको उपलब्धता बढ्दै गएको अधिकारीको भनाइ छ। अर्थ समितिको बैठकमा बोल्दै अधिकारीले गत वर्षको तुलनामा यो वर्ष १ खर्ब ५० अर्बले तरलता थपिएको बताए। 

गत वर्ष ५० अर्ब तरलता रहेकोमा यो वर्ष २ खर्ब पुगेको उनले जानकारी दिए। 


प्रकाशित : बुधबार, मंसिर २० २०८०१३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend