शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

एनसेलको सेयर खरिद-बिक्रीबारे गम्भीर देखिए प्रधानमन्त्री, निरन्तर छलफलमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १९ २०८०
एनसेलको सेयर खरिद-बिक्रीबारे गम्भीर देखिए प्रधानमन्त्री, निरन्तर छलफलमा

प्रचलित कानूनी प्रावधानको पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा चासो।

काठमाडौं- एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तर चासो दिँदै छलफल तीव्र पारेका छन्।

प्रधानमन्त्री दाहालले वालुवाटारमा सरकारमा सहभागी दलका शीर्ष नेतालगायत अर्थमन्त्री, सञ्चारमन्त्री, कानूनमन्त्री लगायतसँग छलफलसमेत गरेका छन्। 

प्रधानमन्त्री दाहालले  विभिन्न विभागीय कर्मचारीहरूबीच प्रधानमन्त्री निवास वालुवाटारमा एनसेल खरिद बिक्रीमा भएको अनियमितताको विषयमा चासो राखेर छलफल अगाडि बढाएका हुन्। जसमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल समेत सहभागी रहेका छन्।

प्रधानमन्त्री दाहालले देशबाहिर नै एनसेलको ८० प्रतिशत सेयर बिक्री भएपछि चासो व्यक्त गरेका छन्। देशबाहिर नै कारोबार भएकाले यो क्रममा विधि र प्रक्रियापूरा भए नभएको विषयमा अनुसन्धान गर्न सोमबारनै निर्देशन दिएका थिए। 

प्रचलित कानूनी प्रावधानको पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न प्रचण्डले निर्देशन दिएका थिए। सोलगत्तै मंगलबार शीर्ष नेताहरू बोलाएर छलफल गरेका छन्। 

एनसेलमा रहेको ८० प्रतिशत सेयर अजियाटाले बिक्री गरेको थियो। यसअघि नै २० प्रतिशत स्थानीय साझेदरका रुपमा रहेका शतिसलाल आचार्यले २ महिनाअघि एक डलर पुँजीमा स्थापना गरेको स्पेक्ट्रोलाइट युकेले खरिद गरेको छ।

५ करोड डलर र निश्चित समयका लागि आम्दानी बाँडफाँट हुनेगरी भएको सम्झौतालाई सरकारी निकायहरूले सन्देहका साथ हेरिरहहेका छन्। लेखा समितिले पनि यसमा चासो दिएको छ।


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend