शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

माउन्टेन इनर्जीमा शंकास्पद कारोबार, ठूला लगानीकर्ता बिक्रीमा हाबी हुँदा सेयर मूल्यमा उच्च गिरावट

मंगलबार, मंसिर १९ २०८०
माउन्टेन इनर्जीमा शंकास्पद कारोबार, ठूला लगानीकर्ता बिक्रीमा हाबी हुँदा सेयर मूल्यमा उच्च गिरावट

काठमाडौं- माउन्टेन इनर्जी नेपाल लिमिटेडको मंगलबार दोस्रो बजारमा शंकास्पद कारोबार देखिएको छ। 

कम्पनीको दोस्रो कारोबारमा मंगलबार ठूलो संख्यामा बिक्री गरेर ठूला लगानीकर्ता बाहिरिएको अनुमान छ। कम्पनीको एकैदिन प्रतिकित्ता ४२.७० रुपैयाँले सेयर मूल्य घटेर ४ सय ३४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

८ लाख ३१ हजार कित्ता सेयर खरिद बिक्री हुँदा सबैभन्दा धेरै कारोबार हुने सूचीमा पहिलो भएको छ। कम्पनीको सेयर ३६ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

men.JPG

नेप्सेमा मंगलबार १ अर्ब ५४ करोडको कारोबार हुँदा माउन्टेनको मात्रै ३६ करोडभन्दा बढी कारोबार हुनुले शंका उब्जाएको छ। 

गत वर्ष १० प्रतिशत लाभांश दिएको कम्पनीले चालु वर्ष लाभांश घोषणा गरेको छैन। लाभांशको सूचना चुहावट भएर ठूला लगानीकर्ताले बिक्री गरेर बाहिरिएको अनुमानसमेत गरिएको छ। 

कम्पनीले एक करोड ९६ लाख ८० हजार २७० कित्ता सेयर दुई वर्षअगाडि आईपीओमार्फत जारी गरेको थियो। विगतमा लगातार बढेर प्रतिकित्ता १७ सय रुपैयाँसम्म पुगेको सेयर मूल्य अहिले घटेर ४३४ रुपैयाँमा आइपुगेको छ। 


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend