शुक्रबार, असोज ४ गते २०८१    
images
images

फस्टाउँदैछन् लकडाउनमा  खुलेका फुड डेलिभरी कम्पनी

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर ११ २०७८
images
images
फस्टाउँदैछन् लकडाउनमा  खुलेका फुड डेलिभरी कम्पनी

यस्तो व्यवसाय सञ्चालनमा सामाजिक सञ्जाल र मोबाइल एप्सले मद्त गरेको उनले बताए। 

images
images

झापा- कार्य व्यस्तताले चाहेजस्तो खाना खान रेष्टुराँ जान नभ्याउनेका लागि घर र कार्यालयमै  तयारी खानेकुरा पुर्‍याइदिन झापामा खुलेका फुड डेलिभरी कम्पनी लोकप्रिय हुन थालेका छन् ।

images
images
images

जनघनत्व भएको सहर विर्तामोड र मेचीनगरमा खुलेका त्यस्ता कम्पनीले मोबाइल एप्स् प्रयोग गरी अर्डर लिएर ग्राहककै रुचिको खानेकुरा घरदैलोमै पुर्‍याउने गर्दै आएका छन् । मेचीनगर–१० का २८ वर्षीय प्रनित पुडासैनी र २४ वर्षीय सरोज खरेलले ड्रिम्स ग्रुप अफ कम्पनी स्थापना गरेर विर्तामोडमा ‘टिफिन बक्स’ सेवा सुरु गरेका छन्। अनलाइनमार्फत खानेकुराको अर्डर लिने गरेको यस कम्पनीले विर्तामोड र आसपासको १५० वटा संस्थासँग सम्झौता गरी नियमित खाना र खाजा पुर्‍याउने गरेको कम्पनीका निर्देशक पुडासैनीले जानकारी दिए। 

'बिर्तामोडको १० किलोमिटरको परिधिभित्र जहाँ पनि खानेकुरा पुर्याउन हाम्रा कर्मचारी तयारी अवस्थामा हुन्छन्' उनले भने, 'सामाजिक सञ्जाल र मोबाइल एप्सबाट पनि ग्राहकको अर्डर आउँछ।'

फुड डेलिभरि कम्पनी सुरु गर्नु अघि उनी मिडिया र मोडलिङ क्षेत्रमा काम गर्थे। झापाको सूर्योदय टेलिभिजनमा समाचार बाचक भएर लामो अवधि पत्रकारिता गरेका निर्देशक पुडासैनीले जिल्लामा दर्जनौँ 'ट्यालेन्ट शो' प्रतियोगिताको आयोजनासमेत गरेका थिए। 

images

'कोभिड–१९ को महामारीका कारण लामो अवधिसम्म बन्दाबन्दी हुँदा मोडलिङ र मिडियामा नराम्रो असर पर्‍यो', पुडासैनीले फुड डेलिभरी व्यवसाय सुरु गर्नुको कारण बताउँदै भने,'बन्दाबन्दीमा खुल्नै पर्ने बैंक, वित्तीय संस्था, अस्पताललगायत कार्यालयमा कार्यरत कर्मचारीले दिवाकालीन खाजा खान कठिनाइ भएको देखेँ । त्यसपछि फुड डेलिभरीको व्यापार चल्ने सोच पलायो।'

आफ्नै भान्सा घरसमेत चलाउँदै आएको ‘टिफिन बक्स’ले ६० देखि एक हजारसम्म पर्ने २५० प्रकारका खानेकुराका परिकार ग्राहकलाई उपलब्ध गराउँदै आएको जनाएको छ । दश किलोमिटर वरपर सामान पुर्याउँदा सेवा शुल्क नलाग्ने तर त्यसभन्दा टाढा लैजाँदा प्रतिकिलोमिटर १० का दरले सेवा शुल्क लिने गरेको उनले बताए। 

मानिस टिफिन बक्समा घरबाट खाजा बोकेर कार्यालय जाने पुरानो चलनलाई पछ्याउँदै कम्पनीको नामाकरण ‘टिफिन बक्स’ राखिएको उनको भनाइ थियो । ‘टिफिन बक्स’ जस्तै ‘यमी’ नामको कम्पनी पनि झापामा फुड डेलिभरी व्यवसायमा लोकप्रिय बनिरहेको छ । भारतको दिल्ली युनिभर्सिटीबाट बिजनेस मेनेजमेन्टमा स्नातक उत्तीर्ण गरेका २२ वर्षीय अन्सुल वंशलको नविनतम् व्यावसायिक सोचको उपज हो ‘यमी’ । मेचीनगर–१० धुलाकारीका वंशलले पनि बन्दाबन्दीको बेलामा सर्वसाधारणले मनलाग्दी खानेकुरा खान रेष्टुराँ जान नसकेको देखेका थिए। कोरोनाको डरले मानिस घर बाहिर निस्कन डराउँथे तर मीठो खाजाको सम्झना त आइहाल्थ्यो । विदेशमा घर र कार्यालय बसेरै खानेकुराको अर्डर गर्न सकिने चलन देखेको हुँदा वंशलमा स्वदेशमै त्यस्तै नयाँ काम गर्ने हुटहुटी जाग्यो । जसका कारण ‘यमी’को जन्म भएको उनले सुनाए। 

फुड डेलिभरीको व्यवसाय एक्लै गर्न सम्भव नदेखेर उनले साइक्लिस्ट साथी धनराज थापासँग मिलेर ‘यमी फुड्स डेलिभरि सर्भिस्’ नामक कम्पनी सञ्चालन गरे। यसले अहिले विर्तामोडलाई केन्द्र बनाएर झापा जिल्लाभरि आफ्नो व्यापार विस्तार गरिसकेको छ । 'अहिलेसम्म हामी झापामा सीमित छौँ, तर छिट्टै यसलाई विस्तार गरेर प्रदेश नं १ भरि पुर्‍याउने योजना गरिरहेका छौँ', यमीका सञ्चालक वंशलले भने,'आजका युवा पुस्ताको चाहना र प्रविधिले दिएको सुविधालाई हामीले संयोजन गरेर व्यवसायलाई अघि बढाउन सक्यौँ।'

यस्तो व्यवसाय सञ्चालनमा सामाजिक सञ्जाल र मोबाइल एप्सले मद्त गरेको उनले बताए। रासस


प्रकाशित : शनिबार, मंसिर ११ २०७८०७:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend