शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

एनआईसीले घटायो प्रिमियम दर, आधार दरमा ३ प्रतिशत प्रिमियम जोडेर कर्जा दिने

आइतबार, मंसिर १७ २०८०
एनआईसीले घटायो प्रिमियम दर, आधार दरमा ३ प्रतिशत प्रिमियम जोडेर कर्जा दिने

बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि उच्च ब्याजदरका कारण कर्जा प्रवाह कम भएपछि यस बैंकले प्रिमियम दर घटाएको हो।

काठमाडौं- एनआईसी एसिया बैंकले प्रिमियम दर घटाएको छ। विगतमा ५ प्रतिशत बिन्दुसम्म प्रिमियम दर थपेर कर्जा प्रवाह गर्दै आएको यस बैंकले २ प्रतिशत बिन्दुले घटाएको हो।

बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि उच्च ब्याजदरका कारण कर्जा प्रवाह कम भएपछि यस बैंकले प्रिमियम दर घटाएको हो। बैंकले प्रवाह गर्ने सम्पूर्ण कर्जामा आधार दरमा अधिकत ३ प्रतिशत प्रिमियम दर जोडेर कर्जा दिने बैंकले जनाएको छ।

मंसिरमा  बैंकको औसत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी अधिकतम ब्याजदर १३.७ प्रतिशतमा कर्जा दिने बैंकले जनाएको छ। 

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, सेयर कर्जालगायत सम्पूर्ण कर्जाहरूमा लागु हुने बैंकले जनाएको छ।

आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ऋणीलाई परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले यस्तो योजना ल्याएको बताएको छ। प्रिमियम दर घटाउँदा ब्याजदर कम हुने र कर्जा भुक्तानीमा सहज हुने बैंकको विश्वास छ।


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend