शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

गएको साताझैँ उतारचढावबीच ओरालोतिरै सेयर बजार, ९६ करोडको कारोबार

आइतबार, मंसिर १७ २०८०
गएको साताझैँ उतारचढावबीच ओरालोतिरै सेयर बजार, ९६ करोडको कारोबार

काठमाडौं- गएको साता पहिलो कारोबारमा उछाल देखिएर बाँकी सबै कारोबार ओरालोतिर लागेको सेयर बजारमा यो साता पहिलो कारोबार पनि राताम्य भएको छ। गएको साता पछिल्ला चार कारोबारमा नै ४९.४३ अंकले घटेको बजार यो साता पहिलो कारोबारमा पनि सम्हालिन सकेन। 

सुधारको अपेक्षाविपरीत लामो समयदेखि बजार धरमर गरिरहेको छ। कारोबार पनि लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको छ। अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ।  

आइतबार ७.२९ अंकले घटेर बजार १८५१.२३ बिन्दुमा झरेको छ। ९४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९६ करोड ४० लाख १० हजार रुपैयाँको कारोबार भएको छ। १३६ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

अर्थतन्त्रका अन्य सूचकहरूमा सुधार हुँदा पनि सेयर बजार वृद्धितर्फ जान नसकेको विश्लेषण भइरहँदा बजार उतारचढावमा नै देखिएको छ। अहिलेको अवस्थामा अब ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्।

सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ। स्थायी वृद्धितर्फ जाने आधारहरू रहेको बताइए पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्।


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend