आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-सांघाई उडान

images
शनिबार, मंसिर १६ २०८०
images
हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-सांघाई उडान

चिनियाँ पर्यटक भित्र्याउन काठमाडौं-सांघाई हवाई सम्पर्क सञ्जालले टेवा पुग्ने विश्वास लिइएको छ।

images
images

काठमाडौं- हिमालय एयरलाइन्सले चीनको सांघाई सहरमा सिधा उडान सुरु गरेको छ। एयरलाइन्सले चीनको ठूलो सहर सांघाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो।

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज सांघाई उडेको हो। उक्त जहाज सांघाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ।

images
images

काठमाडौं-साङघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ। हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ। सांघाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो। योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ।

images
images

उद्घाटन उडानबारे जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

उनले नेपाल-चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरीका साथै चिनियाँ पर्यटक भित्र्याउन काठमाडौं-सांघाई हवाई सम्पर्क सञ्जालले टेवा पुग्नेमा विश्वास व्यक्त गरे।

उपाध्यक्ष श्रेष्ठले कोभिड-१९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरु खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि बढोत्तरी हुने बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे। उनले पछिल्लो समय काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवत-जावत गरिरहेको जानकारी दिए।

नेपालका लागि चिनियाँ राजदूताबासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले सांघाई-काठमाडौंमा हिमालय एयरलाइन्सको उडानले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्त्वपूर्ण भएको बताए।
 
सांघाई जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो। करिब  ४० मिलियन जनसङ्ख्या रहेको सांघाई चीनको उद्योग कलकारखानाको राजधानीका रुपमा पनि कहलिएको छ। यो चीनको मूख्य व्यापारिक केन्द्र पनि मानिन्छ। रासस 


प्रकाशित : शनिबार, मंसिर १६ २०८००८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend