काठमाडौं- नेपालको प्रजननदर प्रतिस्थापन तहभन्दा मुनी झरेको छ।
कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सम्पन्न राष्ट्रिय जनगणनाको प्रारम्भिक विश्लेषण गर्दै केन्द्रीय तथ्यांक विभागले यस्तो अनुमान गरेको हो।
प्रजननयोग्य उमेरमा एउटा महिलाले जीवनकालमा २ सन्तानमात्र जन्माउने गरेको पाइएको विभागले अनुमान गरेको छ। प्रतिस्थपन तह भन्नाले एउटा महिलाले औषतमा २.१ सन्तानलाई जन्म दिनुपर्ने हुन्छ।
प्रजनन दर घटेको र निष्क्रिय संख्या पनि बढ्दै गएका कारणले नेपालको जनसंख्याको वृद्धिदर यसअघिको अनुमान अनुसार नबढ्ने विभागको अनुमान छ।
विभागले नेपालको जनसंख्या ३ करोड नपुग्ने अनुमान गरेको छ।
'यो हाम्रो प्रारम्भिक अनुमान हो। अहिलेको हिसाब हेर्दा जनसंख्या २ करोड ८० देखि माथि तर तीन करोड तल नै रहने हाम्रो प्रारम्मभिक अनुमान छ' विभागकका महानिर्देशक नेवीनलाल श्रेष्ठले भने।