काठमाडौं- युनिलिभर नेपालले आर्थिक वर्ष २०७७\०७८ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ। कम्पनीका अनुसार लगानीकर्ताले प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश पाउने छन्।
कम्पनीले गरेको उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्। कम्पनीले साधारणसभा सकेको ४५ दिन भित्र लाभांश दिने भएको छ। कम्पनीले असोज २५ गतेको लागि बुक क्लोजको समय तोकेको छ। २४ गतेसम्म कायम रहेका सेयरधनीले घोषणा गरेको लाभांश पाउने छन्।